Comments Add Comment

किन आउँछ मोबाइललाई ज्वरो ? कसरी गर्ने उपचार ?

Mobile

स्मार्टफोन दिनप्रतिदिन पातलो हुँदै गएको छ भने क्षमता बढ्दै गइरहेको छ । स्क्रिनको रिजोलुसन उच्च हुनुका कारण तपाइँका लागि भिडियो हेर्न सजिलो त भएको छ नै भिडियोको क्वालिटी पनि राम्रो भैरहेको छ ।

तर यो सबैको अर्थ हो की तपाइँको स्मार्टफोनको प्रोसेसरलाई तपाइँको बढ्दो आवश्यकतालाई पूरा गर्नका लागि थप मेहेनत गर्नु परेको छ ।
भिडियो तथा मोबाइल इन्टरनेटका कारण पनि मोबाइल फोन तात्ने गर्छ ।

एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्ने मानिसहरुको बीचमा यस्तो गुनासो कुनै नयाँ होइन । तर मोबाइल फोन किन तातो हुन्छ यो बुझ्नु आवश्यक हुन्छ ।

मोबाइल फोन तात्नुका तिनवटा कारण हुन्छन् । जब तपाइँ आफ्नो फोन धेरै चलाउनुहुन्छ भने यसले फोनको प्रोसेसरमा बढि असर पर्दछ । जसका कारण फोनको तापक्रम बढ्दछ ।
Mobile1
त्यस्तै जब स्मार्टफोन चार्ज भैरहेको हुन्छ त्यसबेला पनि स्वभाविक रुपले तापक्रम उत्पन्न हुन्छ । रेडियो सिग्नल, जसको मद्धतले वायरलेस फोनले काम गर्दछ, त्यो कमजोर हुँदा पनि कनेक्टिभिटीका लागि फोनको ब्याट्रीमा जोड पर्दछ र फोन तात्दछ ।

अलिकति तातो हुनु सामान्य कुरा हो । तर धेरै तात्नु भने स्मार्टफोनका लागि राम्रो होइन । यदि यस्तो भयो भने मोबाइल फोनलाई गोजीबाट निकाल्नुहोस् र केहीबेरका लागि त्यसलाई आफुबाट टाढा राख्नुहोस् ।

चार्ज गर्ने बेलामा फोन धेरै तातो भयो भने केही बेरसम्मका लागि चार्जिंग बन्द गर्नुहोस् ।

तर खराब कनेक्टिभिटीका कारण तात्ने स्मार्टफोनको भने केहीपनि उपचार छैन । त्यसैले यस्तो तातेको अवस्थामा यदि फोनलाई केहीबेरका लागि बन्द गर्नुभयो भने राम्रै हुन्छ ।

यदि जतिबेला सुकै तपाइँको फोन तातिरहेको हुन्छ भने सचेत हुनुहोस् र मोबाइल फोन मर्मत गर्नका लागि लगिहाल्नुहोस् । किनकी कहिलेकाहीँ फोनमा आन्तरिक खराबीका कारण यस्तो भएको हुनसक्छ । त्यसैले यसको मर्मत गरिहाल्नुपर्छ । जसका कारण मोबाइल बढि तातेका कारण पड्केर हुने दुर्घटना बाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment