Comments Add Comment

एक तिहाई कार तथा जीप बाग्मति अञ्चलमा

१३ असोज, काठमाडौं । नेपालमा अहिलेसम्म एक लाख ६३ हजार ६ सय ६७ कार, जीप तथा भ्यान दर्ता भएका छन् । यातायात व्यवस्था विभागको असार मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

विभागको तथ्यांकअनुसार दर्ता भएका कार जीपमध्ये एक तिहाई बाग्मति अञ्चलमा हुँइकिन्छन् । यातायात कार्यालय बाग्मतिमा एक लाख ३ हजार ७ सय ९२ कार, जीप तथा भ्यान दर्ता भएका छन् ।

vehicle register up to now (2)

पछिल्लो समय प्राइभेट कार चढ्नेहरु बढ्न थालेपछि साना चार पांग्रे सवारीको संख्या निकै बढेको छ । शहरी क्षेत्रमा कारहरु बढी देखिन्छन भने ग्रामिण क्षेत्रमा जीप बढि देखिन्छन् । ग्रामिण क्षेत्रमा जीपलाई यात्रु र सामान बोक्ने साधनको रुपमा प्रयोग गरिएको पाइन्छ ।

विभागका अनुसार आर्थिक वर्ष ०६१/०६२ सम्म देशभर ७७ हजार ७ सय ८३ कार, जीप तथा भ्यान दर्ता भएका छन् । दोस्रो जनआन्दोलन भइरहँदा ५ हजार १ सय १४ थान यस्ता गाडीहरु दर्ता भएको देखिन्छ ।

आर्थिक वर्ष २०६६/०६७ कार तथा जीपको दर्ता अघिल्लो वर्षहरुको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको देखिन्छ । आव ०६४/६५ मा ४ हजार ७ सय ४१, आव ०६५/६६ मा ६ हजार ८ सय ५७ कार तथा जीप दर्ता भएकोमा आव ०६६/०६७ मा १२ हजार बढी दर्ता भएका छन् ।

त्यसपछिका वर्षहरुमा त्यो भन्दा कम कार जीप दर्ता भइरहेको बेलामा गएको आर्थिक वर्षमा आव ०६६/६७ लाई उछिन्दै १३ हजार ५ सय ६० कार जीप दर्ता भएको विभागको तथ्यांकले देखाउँछ ।

नेपालमा खासगरी इन्ट्रीलेवल कारहरु बढी बिक्री हुने गरेको व्यवसायीहरु बताउँछन् । राम्रो आयस्रोत हुनेले एसयुभी कार किन्छन भने बाइकबाट कारमा सिफ्ट हुन खोज्नेहरुले १५ देखि २५ लाखसम्मको कार खरिद गर्ने गरेको व्यवसायीहरुको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment