Comments Add Comment

भिख माग्ने अनौठो काइदा, बिरामी बाबुका लागि यसो गरिन् किशोरीले

wearing a cow face mask
सडकमा बसेर माग्ने शैली पनि भिन्न भिन्न हुन्छन् । चीनमा एकजना किशोरीले सडकमा बसेर भिख माग्नका लागि अनौठो तरिका अपनाएकी छिन् । चीनको हेफेइ प्रान्तस्थित सडकमा १५ वर्षकी हाओ डोंगडोंग नामकी किशोरीले आफ्नो अनुहारमा गाइको खप्पर जस्तो मास्क लगाएर भिख माग्ने गरेकी छिन् ।

उनले कुनै रहरले अर्थात् रमाइलोका लागि यसो गरेकी होइनन् । आफ्ना बिरामी बुवाको उपचार खर्च जुटाउनका लागि उनले अनौठो भिखमाग्ने शैली अपनाएकी हुन् ।

उनले पछिल्लो तीन महिनादेखि यसरी भिख मागिरहेकी छिन् । तर ती किशोरीको त्यो दुखप्रति दया गर्ने मानिस खासै देखिएका छैनन् । कतिपयले त ती किशोरीले मागेर खानका लागि यस्तो नाटक गरिरहेको समेत आरोप लगाउने गरेका छन् । एकजना जँड्याहा पुरुषले त उनीमाथि कुटपिट नै गरेको थियो भने एक महिलाले उनलाई वेश्या बन्न सुझाव दिएकी थिइन् ।wearing a cow face mask 1

बाटो हिँड्ने केटाकेटी तथा युवा युवतीहरु कतिपयले त उनलाई साँच्चीकै गाईलाई जस्तै गरी जिस्काउँछन्, होँच्याउँछन् । उनी माग्न बसेको सडक आसपासका पसलेहरुले त उनको कारण आफ्नो व्यापार बिग्रेको भन्दै उनलाई हट्नका लागि धम्की समेत दिने गरेका छन् ।

ती किशोरीका अनुसार उनका सख्त विरामी बुवाको उपचारका लागि हरेक महिना पाँच हजार युआन खर्च लाग्दछ । त्यसका साथै आफैले कमाएर उनले भाइ तथा बहिनीको स्कुल खर्च समेत तिर्नुपरेको छ । उमेर सानो भएकै कारण उनले वैधानिक रुपमा श्रम गर्न पाउँदिनन्, त्यसैले गुजारका लागि भिख माग्न बाध्य छिन् ।

तीन महिनाअघि आमाले छाडेर गएप्छि बिरामी बुवा तथा भाइबहिनी पाल्ने जिम्मा ती किशोरीमाथि थोपरिएको छ । उनले भिख मागेर दिनमा झण्डै तीन सय युआन जम्मा गर्ने गरेकी छिन् । तर त्यो रकम बुवाको उपचार तथा परिवारको गर्जो टार्नका लागि अपुग रहेको उनी बताउँछिन् ।

हाओ डोंगडोंगका बिरामी बुबा
हाओ डोंगडोंगका बिरामी बुबा

गत वर्ष एकजना चिनियाले आफ्नो छोराको उपचारका लागि घोडाको पहिरन गरेर भिख माग्दा छोटो समयमै मनग्गे रकम जम्मा गर्न सकेको घटनाबाट प्रभावित भएकी हाओले सोही जुक्ति अपनाएकी हुन् । तर अहिलेसम्म उनी त्यसमा खासै सफल भने हुन सकिरहेकी छैनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment