Comments Add Comment

ह्याण्डसम केटाका लागि मज्जाको जागिर, केटीका आँशु पुछिदिने

Japan

जागिर पनि कस्ता कस्ता ? जापानको एक कम्पनी अनौठो जागिरका लागि सुन्दर युवकहरु भर्ना गरेको छ ।

जो महिला कामले थाक्दछन् , कहिलेकाहीँ विभिन्न कुरामा चित्त दुखेर रोइहाल्छन् पनि । यसरी आँशुले परेला भिजेका बेला कुनै सुन्दर पुरुष रुमाल लिएर आफ्नो परेला पुछिदिन आइदिए हुन्थ्यो भन्ने कल्पना गर्ने महिला कर्मचारीका लागि जापानी कम्पनी रकेट इंकले मनको धोको पुर्‍याइदिएको छ ।

जापानी कम्पनीले यस्ता युवा कर्मचारी भर्ना गरेको छ जसले आफ्ना महिला सहकर्मीहरुको आँशु पुछिदिने काम गरिरहनेछन् ।

यो सेवाका संस्थापक हिरोकी तेराइका अनुसार आजकल जापानी महिलाहरु कामकाजमा निकै व्यस्त छन् र थाकेका हुन्छन् । कामैकामले आँखामा आँशु नै आएका बेला जब कुनै सुन्दर युवक उनीहरुको परेला पुछ्नका लागि तत्पर हुन्छन् तब महिलाहरुलाई आनन्द महसुस हुनेछ ।

तत्कालका लागि आफ्नो कम्पनीमा मात्र यो सेवा सुरु गरिएको भएपनि यो तरिका सबै कार्यालयहरुमा गर्नु आवश्यक रहेको उनको तर्क छ । अब उक्त कम्पनीमा स्मार्ट तथा सुन्दर पुरुषहरु महिलाको सेवाका लागि रुमाल लिएर हरदम खडा हुनेछन् ।

भिडियो हेर्नुहोस्

कम्पनीका बोर्ड डाइरेक्टर मित्सुइ कुजिमेका अनुसार महिला कर्मचारीहरु रुनका लागि बाथरुम कुँदिरहने कारणले काममा समेत प्रभाव पर्ने गरेको थियो । सोही कारण महिलाहरुले सुन्दर युवकले आफ्नो आँशु पुछ्दा आनन्द महसुस गरुन् र तनाव कम भएर काममा फुर्ति बढाउन् भन्नका लागि यस्तो सेवा सुरु गरिएको छ ।

आँशु पुछ्ने जागिर खाएका युवकहरु अब दिनभर महिला कर्मचारीको कोठामा बस्नेछन् र महिला कर्मचारीको आँखामा निरन्तर नजर लगाइरहनेछन् । जति बेला महिलाको आँखामा आँशु टिलपिल गरेर डिलबाट बग्नै थाल्नेछ जब उनीहरु हतपत हातको रुमालले मायालु पारामा आँशु पुछिदिनेछन् । महिला कर्मचारी सहकर्मी वा हाकिमको व्यवहारले चित्त दुखेर रोउन्, कामको बढि चापले गर्दा सहनै नसकेर रोउन् वा फिल्म हेर्दाहेर्दै वा समाचार पढ्दापढ्दै रोएका किन नहुन् केटाहरुले उनीहरुका आँशु तत्कालै पुछिदिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment