Comments Add Comment

अग्ला मानिसमा क्यान्सरको खतरा उच्च

हालै गरिएको एक अनुसन्धानले अग्लो जिउ भएका मानिसहरुमा क्यान्सरको खतरा उच्च रहने तथ्यको खुलासा गरेको छ ।

Tall_people_are_at_greater_risk_of_being_diagnosed_with_cancerऔषतभन्दा ४ इन्चमात्रै अग्लो हुँदा कतिपय क्यान्सरको जोखिम ३० प्रतिशतले बढ्ने अनुसन्धानकर्ताहरुले निष्कर्ष निकालेका छन् ।

सबैखाले क्यान्सरको जोखिमजन्यताको औषत गणना गर्दा हरेक १० सेन्टिमिटर अर्थात् ३.९ इन्च उचाइले महिलामा क्यान्सरको जोखिम औषतमा १८ प्रतिशत र पुरुषमा ११ प्रतिशतले बढाउने देखिएको छ ।

अग्लोपना र त्यससँग जोडिएकेा क्यान्सरको जोखिमजन्यताको विषयमा अहिलेसम्मकै वृहत मानिएको यो शोधका क्रममा ५५ लाख स्विडिस मानिसहरुमा अध्ययन गरिएको थियो ।

स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युटले सन् १९३८ देखि १९९१ को अवधिमा जन्मिएका महिला तथा पुरुषमा यस्तो अध्ययन गरेको हो ।

अध्ययन अनुसार उचाइ बढ्दा छालाको क्यान्सरको जोखिम सबैभन्दा तिब्ररुपमा बढ्दछ । औषत भन्दा हरेक १० सेमी अतिरिक्त उचाइका कारण छालाको क्यान्सरको जोखिम ३० प्रतिशतले बढ्दछ । त्यस्तै उत्ति नै उचाइ वृद्धिले स्तन क्यान्सरको जोखिम २० प्रतिशतले बढ्दछ ।

शोधकर्ताहरुका अनुसार स्विडेनका महिलाको औषत उचाई ५ फिट ६ इन्च लाई आधार मान्ने हो भने स्विडिस महिलामा स्तन क्यान्सरको जोखिम औषतमा १० प्रतिशत छ । जब उचाइ औषतभन्दा १० सेमीले बढ्दछ जोखिम २० प्रतिशतले बढ्ने हुँदा समग्रमा क्यान्सरको जोखिम १२ प्रतिशतले बढ्दछ ।

त्यस्तै स्विडिस पुरुषहरुको औषत उचाई ५ फिट १०.८ इन्चलाई आधार मानेर उचाइको वृद्धिसँगै क्यान्सरको जोखिम जन्यता वृद्धिको अध्ययन गरिएको हो ।

मुख्य शोधकर्ता डाक्टर इमिली बेन्नीका अनुसार अग्ला मानिसहरुमा क्यान्सरको खतरा उच्च रहेको कुरा अध्ययनले देखाएको भएपनि अग्ला मानिसहरु क्यान्सरका कारण मर्ने जोखिम पनि उच्च रहने, नरहने वा समग्र मृत्युदर समेत उच्च रहने, नरहने भन्ने विषय अझै अस्पष्ट छ । साथै अग्ला मानिसहरु के कारणले गर्दा क्यान्सरको बढि जोखिममा रहन्छन् भन्ने कुराको कारण समेत पत्ता लागेको छैन ।

यद्यपि यस विषयमा केही सिद्धान्त भने विद्यमान छन् । अग्ला मानिसहरुको सरीरमा बाल्यकाल तथा किशोरावस्थामा वृद्धि हर्मोन बढि उत्पादन हुने हुनाले उनीहरुको सरीरमा क्यान्सर कोषहरुको विकाश हुने सम्भावना बढ्दछ । त्यस्तै अग्ला मानिसहरुको सरीरमा कोषहरुको संख्या समेत धेरै हुने भएकाले संयोगबस कुनै कोषहरु क्यान्सर कोषमा परिणत हुने सम्भावना पनि उच्च हुन्छ । त्यस्तै अग्ला मानिसहरुले धेरै क्यालोरी सेवन गर्ने भएकाले पनि त्यसले क्यान्सरको जोखिम बढाउने कतिपय विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment