Comments Add Comment

नाकाबन्दीको विरोधमा राष्ट्रसंघ मुख्यालय अगाडि बिरोध प्रदर्शन

protest-newyork-aginst-Indi

न्यूयोर्क । भारतको अघोषित नाकाबन्दीको बिरोधमा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरुले राष्ट्रसंघीय मुख्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका र प्रजातान्त्रिक युवा परिषदले राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रसंघीय महासभामा सम्बोधन गरिरहँदा सयौंको संख्यामा रहेका नेपालीहरुले ‘ब्याक अफ इण्डिया फ्रम नेपाल’ लेखिएको प्लेकार्ड लिएर नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेका थिए ।

new york-3

स्थानीय समयअनुसार बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म नेपालीहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा गैरआवासीय नेपाली संघका पदाधिकारी र न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुको उपस्थिति थियो । एनआरएन आईसीसी उपाध्यक्ष पदका उम्मेदवार तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी पनि प्रदर्शनमा सहभागी थिए ।

जापानमा पनि प्रदर्शन

यसैगरी गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टको नेतृत्वमा जापानमा रहेका गैरआवासीय नेपालीहरुले पनि नाकाबन्दीको बिरोधमा प्रदर्शन गरेका छन् । टोक्योमा रहेको भारतीय दूतावास अगाडि नेपालीहरुले ब्याक अफ इण्डियाको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

नेपाल सार्वभौम मुलुक रहेको र सार्वभौम मुलुकले गरेको निर्णयमा भारतले असन्तोष जनाउँदै नाकाबन्दी गर्नु अन्तराष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment