Comments Add Comment

मोरङ् डाईनमिक कमिटी कोरियाको अध्यक्षमा जीवन थापा चुनिए

morang samaj-koreaसउल । कोरियामा रहेका क्रियाशील मोरङ्गबासीहरुको सङ्गठन मोरङ्ग डाईनमिक कमिटीको अध्यक्षमा जीवन थापा निर्विरोध चयन भएका छन् । राजधानी सउलमा  सम्पन्न चैाथो अधिवेशनले थापालाई सर्वसम्मत चयन गरेको हो ।

लामो समयदेखि कोरियामा बस्दै आएका थापा कोरियाका सफल ब्यवसायीमा चिनिने गर्दछन् । निजी लगानीमा आरती सेल्टरको स्थापना गरी नेपालीहरूलाई आश्रय दिदै आएका थापा कोरियामा फूल व्यवसाय गर्ने पहिलो नेपाली रहेका छन् ।
jivan thapaकोरियामा रहेका सामाजिक संघ संस्थाहरुसँग हातेमालो गर्दै सामाजिक कार्यमा अघि बढ्ने संस्थाको मूल उद्देश्य रहेको थापाले बताए । कमिटीका अन्य पदाधिकारी हरुमा उपाध्यक्षमा जयराम घिमिरे र टंक राई चयन भएका छन् ।

यसैगरी सचिवमा रेवत कार्की, सह-सचिवमा बाबुराम पोख्रेल चुनिएका छन् भने कोषाध्यक्षमा भुवन तिम्सिना र सह कोषाध्यमा संदीप चाैहान चुनिए । 

यसैगरी सदस्यहरूमा रुद्र खड्का, लेखनाथ दाहाल, सुरेन तामाङ्ग,  लेखनाथ सिग्देल, पूर्ण निरैाला र पूर्ण दाहाल रहेका छन् । कार्यक्रममा कमिटीका निवर्तमान अध्यक्ष डा.देवीबहादुर बस्नेत, पूर्व अध्यक्ष टंक बाँनिया, जनसम्पर्क समिति काेरियाका अध्यक्ष नवराज सिवाकाेटी, पूर्वाञ्चल सोकार समूहका संयोजक काजी नेपाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment