Comments Add Comment

‘वडा नम्बर ६’ काठमाण्डौ बाहिर, ‘चंखे शंखे पंखे’लाई पनि फाइदा

film-ko-businesss
तत्कालिन नेकपा माओवादीले गरेको जनयुद्धको बिषयलाई रोचक तबरले देखाइएको चलचित्र ‘वडा नम्बर ६’ आजबाट काठमाण्डौ बाहिर पनि लागेको छ । मोफसलका विभिन्न स्थानमा भैरहेको बन्दका कारण यसले धेरै हल भने पाएको छैन ।

काठमाण्डौबाट चलचित्रले करिब लगानी उठाउने अवस्थामा पुगेको निर्माता तथा कलाकार दिपकराज गिरीको भनाई छ । काठमाण्डौ बाहिर चलचित्र एमजीमा विक्री भएकाले पनि निर्माताले लामै श्वास फेरेका छन् ।

भारतले लगाएको अघोषित नाकाबन्दीका कारण नेपालमा अहिले हिन्दी चलचित्र प्रदर्शनमा छैनन् । जसको प्रत्यक्ष फाइदा नेपाली चलचित्रले पनि लिइरहेका छन् । चलचित्र ‘वडा नम्बर ६’ले गतिलो व्यापार गरिरहेको समयमा असोज ८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘चंखे शंखे पंखे’ले पनि राम्रै दर्शक बटुलेको निर्माणपक्षको भनाई छ ।

निर्माता सन्तोष सेन आफ्नो चलचित्रको व्यापारले खुशी भएको बताउँछन् । करोड बजेटमा बनेकाले पनि यो चलचित्रलाई लगानी उठाउन माउथ प्रचारले ठूलै साथ दिनु पर्ने हुन्छ । निर्देशक तथा कलाकार सुदर्शन थापा दैनिकजसो दर्शक हलमा बढिरहेकाले पनि ‘वड अफ माउथ’ निकै राम्रो भएको बताउँछन् ।

हिन्दी चलचित्रको प्रदर्शन नहुँदा ‘वडा नम्बर ६ र चंखे शंखे पंखे’ले यसको फाइदा लुटिरहेका छन् । भदौको पहिलो साताबाट देखिएको नेपाली चलचित्रको आक्रामक व्यापार निरन्तर अगाडि बढिरहेको छ ।

राष्ट्रियताको कथा भएकाले पनि आफूहरुको चलचित्रले राम्रो व्यापार गरिरहेको दाबी निर्देशक सुदर्शन थापाले गरे । आजबाट पनि कुनै नयाँ नेपाली चलचित्र हलमा नलागेकाले कमेडी र राष्ट्रियताको कथा नै पर्दामा चलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment