Comments Add Comment

पश्चिम बंगालका मन्त्रीले भने- नेपालीको सुरक्षामा प्रतिवद्ध छौं

१५ असोज, काठमाडौं । भारतको पश्चिम बंगाल राज्यअन्तरगत सत्तारुढ दल तृणमूल कांग्रेसका नेताले नेपाली भाषीहरुको सुरक्षामा आफ्नो सरकार प्रतिवद्ध रहेको प्रतिक्रिया दिएका छन् ।

Gautam Dev
गौतम देव

ममता ब्यानर्जी नेतृत्वको तृणमूल कांग्रेसका कार्यकर्ताले सिलगुडी र नक्सलवाडीका नेपालीभाषीलाई ‘नेपाल जा’ भनेर धम्क्याएको मार्क्सवादी कम्युनिष्ट पार्टीका नेता केबी वातरले आरोप लगाएका थिए ।

वातरको आरोपको खण्डन गर्दै उत्तर बंगाल विकासमन्त्री गौतम देवले तृणमूल कांग्रेस नेपालीभाषीहरुको सुरक्षा र विकासमा कटिवद्ध रहेको प्रतिक्रिया दिएका छन् । आफ्नो पार्टीले नेपालीहरुलाई ‘नेपाल जा’ भन्नेजस्तो साम्प्रदायिक नीति लिन नसक्ने देवले बताएका छन् ।

उनले नेपालीहरुको बसोबास रहेको नक्सलवाडी इलाकाको विकासका लागि ७० करोडभन्दा बढीको काम गरिरहेको उनले बताएका छन् ।

तृणमूल सरकारले नेपालीभाषीको आर्थिक र सामाजिक विकासका लागि लेप्चा, शेर्पा, तामाङ र मगर बोर्ड बनाएर विकासको कार्यलाई गति दिइरहेको मन्त्री देवले बताएका छन् ।

सार्थ सिलगडी महकुमा परिषद चुनावको मुखमा तृणमूल कांग्रेसका अध्यक्ष राजेन मुखियाले नेपाली प्रभावित सबै क्षेत्रको भ्रमण गरेको र त्यहाँ नेपालीहरुमाथि कुनै त्रास नरहेको बताएका छन् ।

विहीबार भारतीय पत्रिकामा प्रकाशित समाचारमा कम्युनिष्ट पार्टीका नेता वातरले नेपालीहरुलाई तृणमूलका कार्यकर्ताले धम्की दिएको उल्लेख थियो ।

यो पनि पढ्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment