Comments Add Comment

भारतको नाकाबन्दीविरुद्ध ब्रसेल्समा नेपालीहरुको प्रदर्शन

Nepali-Protest-At-Brasel-2

बसन्त रानाभाट 

स्पेन । नेपालमा बनेको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दी गरेको भारत सरकारबिरुद्द बेल्जियमबासी नेपालीहरुले बिरोध गरेका छन् ।

बेल्जियमबासी नेपालीहरुले युरोपको राजधानी ब्रसेल्समा रहेको भारतिय दूतावासमा ज्ञापन पत्र समेत बुझाएका छन् । नेपालको नयाँ संविधानको अन्तराष्ट्रिय जगतले नै खुलेर प्रशंसा गर्दै स्वागत तथा बधाइ दिइरहेको बेला छिमेकी मुलुक भारतले नाकाबन्दी जस्ता अप्रजातान्त्रिक गतिबिधिहरु गरेको उनीहरूले बताएका छन् ।

अन्तराष्ट्रिय नियम बिपरित नाकाबन्दी गर्नु अस्वभाविक रहेको भन्दै ज्ञापन पत्रमा नेपालको सार्वभौमिकतामा हस्तक्षेप नगर्न सचेत गराइएको छ ।

Nepali-Protest-At-Brasel-1

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको नेतृत्वमा भएको बिरोध कार्यक्रममा नेपाली जनसम्पर्क समिति प्रवासी नेपाली मञ्च, नेपाली जनप्रगतिशील मञ्च, प्रवासी नेपाली समाज, नेपाली एकता समाज, नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम लगायतका संघ सस्थाहरुले सहभागिता जनाएका थिए ।

एनआरएनहरुले बिरोध गर्दै ज्ञापनपत्र बुझाउन शुरु

भारतको अघोषित नाकाबन्दीको विरोधमा विभिन्न देशमा रहेका एनआरएनहरु बिरोधमा उत्रन शुरु गरेका छन् । नेपाली संघ सस्थाहरुलाई समेटेर राष्ट्रिय समन्वय परिषदको अगुवाईमा भारतीय दुतावास तथा कन्सुलर कार्यालयमा ज्ञापान पत्र बुझाएका हुन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन र जापानले नेपाली संघ सस्थाहरुको नेतृत्व गर्दै भारतीय दुतावासमा ज्ञापनपत्र बुझाइसकेका छन् ।

Nepali-Protest-At-Brasel

स्विजरल्याण्डमा एनआरएनको नेतृत्वमा बिरोध कार्यक्रम नभए पनि नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड, प्रवासी नेपाली मञ्च, नेपाली ऎक्यबद्दता मञ्चले हस्ताक्षर सहित ज्ञापनपत्र बुझाएर बिरोध सभा पनि गरेका छन् ।

 गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले पनि भारतीय नाकाबन्धीको खुलेर बिरोध गरेको छ । अध्यक्ष सुरेन्द्र सिग्देलद्वारा जारी बिज्ञप्तिमा स्वतन्त्र र सार्बभौम मुलुक नेपालमा बाहिरी हस्तक्षेप नगर्न सचेत गराएको छ ।

नाकाबन्दीको बिरोधमा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरुले राष्ट्रसंघीय मुख्यालय अगाडि बिरोध प्रदर्शन गरे । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका र प्रजातान्त्रिक युवा परिषदले राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

अमेरिकाका एनआरएन ११ वटा स्टेट च्याप्टरले संयुक्त विज्ञप्ति जारी गर्दै नाकाबन्दीले भारतले आफ्नो असली अनुहार उदांगो पारेको भन्दै टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment