Comments Add Comment

सागर थापामाथि अनुशासनको कारबाही, एक खेलको प्रतिवन्ध

Sagar-Thapa

१५ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले थ्रीस्टारका कप्तान सागर थापामाथि अनुशासनको कारबाही गरेको छ ।

अनुशासन समितिको सिफारिसका आधारमा एन्फाले राष्ट्रिय कप्तान समेत रहेका थापामाथि एक खेलको प्रतिवन्ध लगाएको हो ।

राष्ट्रिय लिग फुटबलमा बिहीबार नेपाल आर्मीसँगको खेलका क्रममा थापाले रेफ्री श्रवण लामालाई दूव्र्यहार गरेका थिए । खेलको ७९ औं मिनेटमा भएको उक्त घटनापछि रेफ्रीले उनलाई पहेँलो कार्ड मात्र दिएका थिए ।

यो निर्णयसँगै यसअघि नै पहेँलो कार्ड पाइसकेका थ्रीस्टारका कप्तान थापाले अब दुई खेल (लुम्बिनी र झापा ११) गुमाउनेछन् ।

एन्फाले आर्मीका प्रशिक्षक मेघराज केसीमाथि पनि एक खेलको प्रतिवन्ध लगाएको छ । उनले मोरङविरुद्धको खेलमा टच लाइनमा पुग्न पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment