Comments Add Comment

रेसम कीरा पालेर बर्सेनि ६ लाख कमाइ

१६ असोज, काभ्रे । थोरै लगानीमा धेरै मुनाफा हुने भएपछि काभ्रेका किसान पछिल्लो समय व्यवसायिक रेसम खेतीमा आकषिर्त भएका छन् ।

Resam-kiraकृषिमन्त्रालयअन्तर्गत व्यवसायिक कीट निर्देशनालयले रेसम खेतीलाई व्यवसायीकरण र आधुनिकीकरण गर्दै जाने रणनीति छ । सोही नीतिअनुरुप सरकारले रेसम किरा उत्पादन, बजार व्यवस्थापन गन सहयोग गरेसँगै काभ्रेका किसान रेसम खेतीतर्फ आकषिर्त हुँदै गएको अन्नपूर्ण पोस्टमा खबर छ ।

रेसम खेतीबाट थोरै समयमा बढी मुनाफा हुने गरेको पुरानो गाउँ २ का उद्धव खरेलले बताए । एक पटक लगाएको किम्बुको बिरुवालाई २० वर्षसम्म काममा लगाउन सकिने भएकाले पहिलो वर्ष केही बढी लगानी गर्नुपर्ने भएपनि अर्कोवर्षबाट सहज हुने उनले बताए । ११ रोपनी जमिनमा १० हजार किम्बुका विरुवा लगाएका उनले वर्षमा ६ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment