Comments Add Comment

बालोन डि’ओर को लामो सूची लिकः को को छन् मेस्सी र रोनाल्डोलाई चुनौती दिने ?

Messi-wirh-Ronaldo

१६ असोज, काठमाडौं । फिफा बालोन डि’ओर को लामो सूची लिक भएको छ, जसमा लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई चुनौती दिने केही आश्चर्यजनक नाम पनि छ ।

क्यूपीआरका मिठडफिल्डर मासिमो लुआंगो पनि परेका छन् । यस्तै क्यूपीआरक एडवार्डो भार्गास तथा बोर्नमाउनका क्रिष्टियन एट्सु पनि बालोन डि’ओर को लामो सूचीमा परेका छन् ।

लिक भएको सूचीमा दुई स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाका सात सात खेलाडी सूचीमा छन् ।

बार्सिलोनाबाट लिओनल मेस्सी, नेयमार, लुइस स्वरेज, ब्राभो, मासेरानो, आन्द्रे इनिष्टा र राकिटिक छन् । रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, करिम बेन्जिमा, सर्जिओ रामोस, लुका मोडि्रक, जेम्स रोडि्रग्वेज र टोनी क्रुज छन् ।

इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडका वायन रुनी, डेभिड डि जिया, मेम्फिस डिपे र सिटीका बोनी, याया टोरे, सर्जिओ एग्युरो, ओटामेन्डी, केभिन डिब्रुएने छन् । आर्सनलका ओस्पिना र एलेक्स सान्चेज तथा चेल्सीका विलियन, हजार्ड, डिएगो कोस्टा र थिबाउट कोर्टोइस छन् ।

युभेन्टसका चेलिनी, पल पग्बो, मोराटा, पिर्लो र कार्लोस टेभेज पनि बालोन डि’ओरको प्रारम्भीक सूचीमा छन् । पिर्लो यो सिजन न्यूयोर्क सिटी र टेभेज बोका जुनियर्सबाट खेलिरहेका छन् ।

बार्यन म्युनिखबाट रोबर्ट लेभान्डोस्की, आर्जेन रोबिन, डेभिड अलबा, थोमस मुलर, नुयुर र भिडाल छन् भने पेरिस सेन्ट जर्मेनमा जाल्टन इब्राहिमोभिच, काभानी, लिभरपुलका फिलिप काउटिन्हो, टोटनहृयामका हृयारी केन, कार्लोस बाका लगायत पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment