Comments Add Comment

वजनदार मानिसका यौनसाथी धेरै

Fat-Manमानिसको वजनको उसको यौन सम्बन्धसँग गहिरो सम्बन्ध हुन्छ । हालैको एक नयाँ अध्ययन अनुसार महिलाहरु सेक्सका लागि यस्ता पुरुषलाई मन पराउँछन् जसको वजन सामान्य भन्दा केही धेरै हुन्छ ।

शोधकर्ताहरुले ३७ वर्षको उमेर तथा विपरित लिंगीतर्फको आकर्षणका विषयमा ६० हजार ५८ जना मानिसमा अध्ययन गरेका थिए ।

पुरुषको सम्बन्धमा अध्ययनले एक रोचक तथ्यको खुलासा गर्यो । जस अनुसार धेरै वजन भएका पुरुषको यौन पार्टनरको संख्या अत्यधिक रुपमा धेरै पाइयो ।

अमेरिकाको क्यालिफोर्नियास्थित च्यापम्यान युनिभर्सिटीका सहायक प्राध्यापक तथा शोधपत्रका मुख्य लेखक डेभिड फ्रेडरिकले भनेका छन् : सामान्य वजन भएका र धेरै वजन भएका पुरुषले सर्वाधिक यौनसाथी भएको स्विकार गरे, जबकी कम वजन भएका पुरुषले भने आफ्नो यौनसाथीको संख्या सबैभन्दा कम भएको बताए ।

महिलाहरुको सम्बन्धमा गरिएको अध्ययनले भने यहीँ कुरालाई पुष्टि गर्यो । कम वजन भएका महिलाहरुका यौन साथीको संख्या बढि वजन भएका महिलाहरुको तुलनामा कम रहेको पाइयो ।

शोधकर्ताका अनुसार कम वजन भएका महिलाका यौनसाथी कम हुनुको केही कारणहरु हुन्छन् । उनी भन्छन् : उनीहरु आफ्नोे वजनलाई लिएर निकै असन्तुष्ट हुन सक्छन्, जसका कारण उनीहरु आफ्नो सरीरको प्रदर्शनमा अरुची देखाउँछन् । यसका अलावा कतिपय बिमारबाट पनि उनीहरु पीडित भएका कारणले सरीरको वजन कम भएको हुनसक्छ । सोही कारण उनीहरुका यौन साथीहरुको संख्या कम हुन्छ ।

यस सम्बन्धी शोध इभोल्युसनरी साइकोलोजी पत्रिकाको नयाँ अंकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment