Comments Add Comment

यी हुन् सबैभन्दा धेरै धन कमाउने विश्वका १० वेबसाइट, कसले कति कमाउँछन् ?

नेट सफिर्ङ, सर्चिङ वा शपिङ जुनसुकै काम होस् हामी सिधै इन्टरनेटको प्रयोग गर्नसक्छौँ । इन्टरनेटको फैलावट सँगै विश्वमा असंख्य वेबसाइटहरु समेत खुलेका छन् । चाहे समाचारमूलक हुन् वा मनोरन्जनात्मक वा व्यापारिक प्रयोजनका लागि, अधिकांसको ध्येय भनेको वेबसाइटमा विज्ञापन मार्फत पैसा कमाउने हुन्छ । जति धेरै प्रयोगकर्ता अर्थात् भिजिटर्स भयो वेबसाइटहरुको कमाइ पनि उति नै धेरै हुन्छ ।
विश्वमा सबैभन्दा धेरै कमाइ गर्ने टपटेन वेबसाइट यी हुन् :

ल्यारी पेज र सर्गेइ ब्रिन
ल्यारी पेज र सर्गेइ ब्रिन

१. गुगल डट कम – सस्थापक : ल्यारी पेज र सर्गेइ ब्रिन । वाषिर्क आम्दानी २१ अर्ब ८० करोड डलर । प्रतिसेकेण्ड आम्दानी : ९९१.२७ डलर ।

जेफ बेजोस
जेफ बेजोस

२. अमेजन डट कम – सस्थापक : जेफ बेजोस । वाषिर्क आम्दानी : १९ अर्ब १६ करोड ६० लाख डलर । प्रतिसेकेण्ड आम्दानी ६०७.७५ डलर ।

जेरी यंग र डेभिड फिलो
जेरी यंग र डेभिड फिलो

३. याहु डट कम – संस्थापकः जेरी यंग र डेभिड फिलो । वाषिर्क कमाइ : ७ अर्ब २० करोढ डलर । प्रतिसेकेण्ड कमाइ : २२८.३१ डलर ।

पियरे ओमिदयार
पियरे ओमिदयार

४. इबे- संस्थापक : पियरे ओमिदयार । वाषिर्क कमाइ : ६ अर्ब २९ करोड डलर । प्रतिसेकेण्ड आम्दानी : १९९.४५ डलर ।

नाथन मिरबोल्ड
नाथन मिरबोल्ड

५. एमएसएन- संस्थापक : नाथन मिरबोल्ड । वाषिर्क कमाइ : ३ अर्ब, २१ करोड ४० लाख डलर । प्रतिसेकेण्ड कमाइ : १०१।९२ डलर ।

६. पे पल- संस्थापक : म्याक्स लेभचिन, पिटर थेल र ल्युक नोसेक । वाषिर्क कमाइ : २ अर्ब २५ करोड । प्रतिसेकेण्ड कमाई : ७१.३५ डलर ।

जेफ रोबिन
जेफ रोबिन

७. आइट्युन्स- संस्थापक : जेफ रोबिन । वाषिर्क कमाइ : १ अर्ब ९० करोड । प्रतिसेकेण्ड कमाई : ६०.२५ डलर ।

८. प्राइसलाइन डट कम – संस्थापक : जेस्से फिंक । वाषिर्क कमाइ : १ अर्ब ८८ करोड ४० लाख डलर । प्रतिसेकेण्ड कमाइ : ५९.७४ डलर ।

९. रोयटर्स- संस्थापक : मार्शल वेस । वाषिर्क कमाइ : १ अर्ब ८९ करोड २० लाख डलर । प्रतिसेकेण्ड कमाइ : ५९.९९ डलर ।

१०. एक्सपेडिया – वाषिर्क कमाइ : १ अर्ब ४४ करोड ७० लाख डलर । प्रतिसेकेण्ड कमाइ : ४५.८८ डलर ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment