Comments Add Comment

सञ्चार मन्त्रालयको दबावपछि हिन्दी च्यानल खुल्यो

minendra rijal qarat१६ असोज, काठमाडौ । भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि राष्ट्रवादी नेपालीको दबावमा बन्द गरिएका भारतीय च्यानलहरु पुनः प्रसारण हुन थालेका छन् ।

केबुलमा भारतीय च्याननल प्रशारण नभएपछि चारदिन अघि सञ्चार मन्त्रालयले केबुल टेलिभिजन व्यवसायी महासंघ, नेपाल केबुल टेलिभिजन महासंघ, डिस होम र सिम्पल मिडियालाई स्पष्टीकरण सोधेको थियो ।

भारतीय च्यालन प्रसारण रोकिएकोमा व्यापक जनसमर्थन भए पनि सञ्चार मन्त्रालयको दबावकै कारण खोल्न बाध्य भएको एक व्यवसायीले अनलाइनखबरलाई बताए ।

केबुल टेलिभिजन व्यवसायी महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले भने सरकारको दवाब भन्दा पनि दर्शकहरुको आग्रहमा हिन्दी च्यानल सञ्चालन गरेको बताए ।

‘सञ्चार मन्त्रालयले पत्र लेख्यो, डीस होमले बन्द नगरेपछि केबुलले मात्रै बन्द गरेर खासै अर्थ हुँदो रहेनछ ।’ लेकालीले भने ।

काठमाडौमा भारतीय च्यानल प्रसारण रोकेको भन्दै मधेसवादी दलहरुले आपत्ति जनाएका थिए । उनीहरुले तराई क्षेत्रमा नेपाली च्यानल प्रशारणमा समेत अवरोध गर्दै आएका छन् ।

तर, तराईमा नेपाली च्यानल रोकिएको बारेे सञ्चार मन्त्रालयले कुनै प्रतिक्रिया आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment