Comments Add Comment

एनआरएन मलेसियाको सहयोगमा २० नेपाली नेपाल फर्किए

रामचन्द्र नेपाल

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ मलेसियाले आर्थिक अभावका कारण लामो समयदेखि मलेसियाको जेलमा वन्दी जीवन विताईरहेका नेपालीहरुलाई घर फिर्तीमा सहयोग गरेको छ ।

nrna_logo_latest-6 (1)जोहोरको पेकननास क्याम्पमा रहेका मध्ये २० जना नेपालीहरुलाई नेपाल र्फकनको लागि टिकट उपलब्ध गराएपछि शुक्रवार उनीहरु नेपाल फर्किएका छन । संघको अधिवेशनमा पचास वटा टिकट उपलब्ध गराउने प्रतिवद्धता अनुसार संघले पहिलो पटक २० वटा टिकट उपलब्ध गराएको हो ।

नेपाली दुतावास मलेसियाले विभिन्न संघ संस्थ्ााहरुलाई सहयोगको अपिल गरिरहेको अवस्थामा स्वस्फुत रुपमा टिकटहरु उपलब्ध भैरहेका छन । यसअघि मलक्का क्याम्प,क्लालालम्पुर डिपो,वुकित जजिल क्याम्प, त्रियुगानो क्याम्पवाट समेत २४ जना नेपालीहरु मलेसियाका विभिन्न सेक्युरिटी कम्पनीले टिकट उपलब्ध गराएपछि नेपाल फर्किएका थिए ।

दुतावासले शुक्रवार प्रेस विज्ञप्ती प्रकाशित गर्दे सहयोग गर्ने संघसंस्थाहरुलाई धन्यवाद दिदै घरफिर्ती केन्द्रहरुमा भएका नेपालीहरुलाई टिकटको ब्यवस्थ्ाा गरी शूुन्यमा झार्ने लक्ष्य दुतावासले लिएकोमा सवैको साथको आवश्यकता रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment