Comments Add Comment

धितोपत्र बोर्डको अध्यक्षमा रेवतबहादुर कार्की नियुक्त

१६ असोज, काठमाडौं । सरकारले पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षमा डा. रेवतवहादुर कार्की नियुक्त गरेको छ । विहीबार वसेको मन्त्रीपरिषद्को बैंठकले कार्कीलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । उनी अहिले पनि धितोपत्र बोर्डकै विज्ञ संचालक हुन् ।

Rewat_Bahadur_Karkiकार्कीले असाेज ३० गतेदेखि कार्यभार सम्हाल्ने छन । असोज २९ गतेसम्म हालका अध्यक्षा बाबुराम श्रेष्ठको पदावधि बाँकी नै छ ।

नेपाल राष्ट्र बैंकका पुर्वकर्मचारी रहेका कार्की हाल सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष छन् । उनले नेपाल स्कट एक्सचेञ्जको प्रमुख भएर समेत काम गरिसकेका छन् ।

कार्कीसँग ३० वर्षभन्दा बढी विभिन्न नियकायमा बसेर काम गरेको अनुभव छ ।  धितोपत्र बोर्डको अध्यक्ष छान्न अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ३ सदस्यि कमिटि बनाएको थियो ।  उक्त कमिटिले गत शनिवार कार्की सहित निरज गिरी र दण्डपानी पौडेलको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment