Comments Add Comment

समुद्री किनारमा रबिना र बिकासको मस्ती

rabina

काठमाडौं । भारत सरकारले नेपालमा अघोषित नाका बन्दी लगाएको बेला गुजराती नायिकाले अभिनय गरेको नेपाली म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मुम्बईका रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियो ‘दर्पणमा देखे .. मुस्कानमा राखे’ बोलको उक्त गीतमा बिकास लामिछाने र गुजराती नायिका रबिना तिलाभाटले मस्ति गरेको देख्न सकिन्छ ।

नित्यासिवा र अनुप रिजालको स्वर रहेको उक्त गीतमा शंकर अधिकारीको शब्द संगित रहेको छ । भिडियोको निर्देशन हरि रिजालले गरेका हुन् ।

गुजरात र मुम्बईका बिभीन्न स्थानमा छायांकन गरिएको भिडिोमा काम गर्दा निकै रमाइलो बताइन् रबिनाले ।

फरक स्थानमा सुटिङ गर्दा दर्शकले नयाँ स्वाद पाउने निर्देशक हरिको भनाई थियो । जहीर नाकुमले छायांकन गरेको यो भिडीयोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment