Comments Add Comment

दीपक र दीपाले गरे अंकुरण सार्वजनिक

Ankuran_Release

काठमाडौं । गायक राजकुमार देवकोटाले गाएका आधुनिक गीतहरुको डिभीडि एल्बम ‘अंकुरण’ हाँस्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी र गायक आनन्द कार्कीले सार्वजनिक गरेका छन् ।

एल्बममा ६ वटा गीतका म्यूजिक भिडियो समावेश छ । सबै भिडियोको निर्देशन शेरबहादुर डिसीले गरेका हुन् । एल्बममा दिनेश अधिकारी, राजन न्यौपाने, दिलिप केसी र कृष्ण भट्टराईको शब्द रहेको छ ।

मनराजा नकर्मी, दिलिप केसी, सुनिल सिंह ठकुरी तथा किरण तुलाधरले संगीत दिएका छन् । गायक देवकोटाले अहिले संगीत सुन्नेमात्र माध्यम नरहेकाले एल्बमका सबै गीतका म्युजिक भिडियो तयार पारिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment