Comments Add Comment

नेपालको समस्या समाधान गर्न भारतले सहयोग गर्नुपर्छ : देउवा

१६ असोज, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अघोषित नाकाबन्दी यथाशिघ्र छिटो हटाउने सम्बन्धमा भारतले सहयोग गर्नुपर्ने बताएका छन् ।

Sher bdr deubaनेपाल तरुण दलद्वारा नेपालको संविधानको स्वागत तथा वडादसैँ, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा देउवाले नाकान्दीबाट अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा देखिएको असज परिस्थितिलाई अन्त्य गर्न भारतले सहयोग गर्नुपर्ने बताए ।

संविधानमै व्यवस्था भएको र राष्ट्रपतिले आह्वान गरेअनुरुप यही असोज २१ गतेसम्म सहमतिको सरकार गठनका लागि प्रयास हुने बताउँदै वरिष्ठ नेता देउवाले यदी त्यो समयमा सहमति हुन नसकेमा बहुमतीय सरकार गठन हुने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment