Comments Add Comment

१८ अघि जस्तो थिए अहिले पनि उस्तै छन् सरोज

saroj-khanalकाठमाडौं । १८ वर्ष अघि महेन्द्रभक्त श्रेष्ठको निर्देशनमा एउटा चलचित्र बनेको थियो ‘अरुणिमा’ । नायकको भूमिका निर्वाह गरेका थिए सरोज खानालले । सरोजको साथीको भुमिकामा थिए विकास आचार्य र राजाराम पौडेल ।

त्यसपछि पनि सरोज र राजाराम साँच्चीकै साथी बने । केही वर्ष संगै अभिनय गरे । त्यसपछि अमेरिका गए र फेरि फर्केर आए । तर, अरुणिमामा हिरोको साथी बनेका विकास अर्को चलचित्रमा देखिएनन् । रियलमा उनीहरु साथी बनेपनि रिलमा साथीको जिवन एउटै फिल्मवाट टुंगियो ।

‘एउटै फिल्ममा काम गरेर म अघाँए । अभिनय मेरो लागि होइन रहेछ कि जस्तो लाग्यो ।’ विकासले भने । अभिनयलाई चटक्कै विर्सेका विकासले केही वर्ष लेखपढमै बिताए । नर्वेवाट एमफिल गरेका फर्केका विकासले केही समय कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा पढाए पनि ।

बाँकी बसेको समय सिनेमाको स्क्रिप्ट लेखनमा खर्चिएका विकास नेपालको नम्बर वान लेखकका रुपमा दरिए । त्यतिले मात्रै पुगेन र निर्देशन सुरु गरे । ‘नाई नभन्नु ल’ उनको दोस्रो सफल सिनेमा मानियो । त्यसपछि २, ३ गर्दै अहिले ४ को सुटिङ गर्दैछन् भने नायकको भूमिकामा सरोज खनाल देखिएका छन् ।

saroj khanal

‘१८ वर्षपछि सरोज खनालमा के परिवर्तन पाउनु भयो ?’ अनलाइनखबरको प्रश्नको जवाफ दिंदै उनले भने ‘खै मैले त केही फरक पाइन उस्तै लाग्यो ।’ नाई नभन्नु -४’ को सौराहमा सुटिङ गर्दै गरेका विकासले कुराकानीमा भने ।

‘१८ वर्ष अघि जति सिन्सियर थिए अहिले पनि त्यस्तै रहेछन् ।’ विकासको भनाई थियो । सामान्य सिनलाई पनि महत्व दिने सरोजवाट सिक्नै पर्ने अर्को कुरा सुनाए । ‘उनी हरेक काममा समयमा आईपुग्छन् ।’

क्यामेराको अगाडी संगै काम नगरेपनि रंगमञ्चमा भने उनीहरुको सहकार्य जारी थियो । विकास र सरोज दुबै रंगकर्मीको संस्था आरोहणमा आबद्ध थिए । सरोज नेपाल आएको वेलामा भेटघाट र कुराकानी गर्थे । विकास भन्छन् ‘अब हामी रियल र रिल दुबैमा साथी साथी हुन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment