Comments Add Comment

प्रचण्डको ‘भीष्मप्रतिज्ञा’- अब हामफाल्छु, पार्टीलाई नम्बर एक बनाउँछु

Prachanda

१६ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अबको दुई वर्ष पार्टीको नेतृत्व गर्ने र देशको नेतृत्व गर्ने पार्टी बनाउने भीष्मप्रतिज्ञा’ गरेका छन् ।

शनिबार नेवाः, ताम्सालिङ र तमुवान जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले अब पार्टी निर्माणमा लाग्ने बताए । उनले भने- मैले एक चोटी यो पार्टीलाई पुरानै ठाउँमा पुर्‍याउन भीष्मप्रतिज्ञा गर्छु । देशको नेतृत्व गर्ने पार्टी हो भन्ने बनाइन्छ ।’

प्रचण्डले अबको दुई वर्ष आफूले नेतृत्व सम्हाल्ने भन्दै त्यसपछि नेतृत्व हस्तान्तरण गर्ने समेत गरे । पार्टी निर्माणका लागि जिल्ला र गाउँ गाउँ जाने भन्दै उनले भने-‘पहिला महासचिव हुँदा म ३६ वर्षको थिएँ । अहिले उमेरका हिसावले ६५ वर्षको भएँ । दौडिन सक्छु कि सक्दिँन भन्ने छ । तर, अझै २ वर्ष सकिन्छ ।’

माओवादी भेडा होइन, सिंहको बच्चा भनेर देखाउने भन्दै उनले भने-‘एक चोटी यो पार्टी बनाउन हामफल्ने । दुई वर्ष म गाउँ गाउँ जाने र पार्टी बनाउने ।’ उनले अबको दुई वर्षमा एमाओवादीलाई नम्बर एक पार्टी बनाउने दाबी गरे ।

उनले अब नयाँ ढंगले पार्टी निर्माण गर्न हाम्फाल्ने भन्दै साथ दिन अपील गरे । आफू हामफाल्न कहिल्यै नडराउने भन्दै उनले कहिले सहि र कहिले गलत ठाउँमा खुट्टा परेको सुनाए । खिलराज रेग्मी सरकार बनाउने बेला गलत ठाउँमा खुट्टा परेको भन्दै उनले संविधान बनेपछि खुट्टा तंगि्रएको सुनाए ।

उनले नजिक र टाढाका आधारमा नभइ कामका आधारमा मूल्यांकन गर्ने प्रतिवद्धता जनाए ।

भद्रगोलभित्रबाट गोल गरियो

एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ संविधानको स्वमित्व लिन र संविधान निर्माणमा एमाओवादीको महच्वपूर्ण भूमिका खेलेको सन्देश लिएर जनतामा जान कार्यकर्तालाईर् निर्देशन दिएका छन् । कसिएर सघर्ष गरौं संविधान बन्दैन, नगरौं मुद्धा छुट्ने अवस्थामा एमाओवादीले भद्रगोलभित्रबाट गोल गरेको उनले सुनाए ।

उनले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक समावेशीलाई कसैले उल्टाउन नसक्ने दाबी गरे । अब सैनिक प्रतिक्रान्ति वा समाजवादी क्रान्तिले मात्र त्यसलाई उल्टाउन सक्ने भन्दै उनले सैन्य प्रतिक्रान्ति हुन नसक्ने दाबी गरे ।

बाबुरामको राजीनामा स्वीकृत हुन्न

एमाओवादी अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पार्टीमा र्फकन अपील समेत गरेका छन् । उनले भने-उहाँले पनि रुँदै रुँदै पार्टी त्याग गर्नु भएको छ । हामीले पनि गल्ती गर्नुभो, फर्किनुस् भनेर भनेका छौं ।’

पार्टीका पूर्व नेता भट्टराईले पार्टी छाड्दै गर्दा एमाओवादीलाई भत्किएको, चुहिने घर भन्दै पुन निर्माण हुन्छ कि हुँदैन भन्ने चुनौती दिएको उनले बताए । छोटो मेहनतमा एमाओवादीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाउन सक्ने उनले बताए ।

भट्टराईले पार्टीसँगै संसद सदस्य त्यागको घोषणा गरेपछि सभामुखले स्वीकृत गरौं कि नगरौं भनेर आफूलाई सोधेको सुनाउँदै उनले भने-मैले नगर्नुस् भनेको छ । आउँदै आउनु भएन भने पछिको कुरा पछि नै गरौंला ।’

बहुमतीय सरकार हुन्न

एमाओवादी अध्यक्ष प्रचण्डले थुप्रैको प्रधानमन्त्रीको ग्रन्थी रासएको भन्दै सहमतीय सरकार गठनमा जोड दिएका छन् । १६ बुँदे सहमति गर्दा सरकार सहमतिका आधारमा बनाउने र एमालेको नेतृत्वमा सरकार बनाउन भनिएको बताए ।

तर, अहिले धेरै उचार चढाव भएको र कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउनेतिर जान खोजेको उनले सुनाए । प्रधानमन्त्रीको ठूलै लाइन देखिएको भन्दै उनले बहुमतीय सरकार गठन गरेर विदेशी शक्तिहरुलाई खेल्ने ठाउँ दिन नहुने बताए ।

प्रचण्डले ओली नभइ हुँदैन भनेर आफूहरुले नभन्ने भन्दै जसको नेतृत्वमा भएपनि सहमतिमा सरकार बनाउनु पर्ने बताए । तर, एमाओवादी प्रधानमन्त्री र राष्ट्रपतिको रेसमा नभएको प्रष्ट पारेका छन् ।

प्रचण्डले भारतको अघोषित नाकाबन्दीको राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान खोजिने समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment