Comments Add Comment

भैरहवाबाट ६ ट्यांकर डिजेल र २ बुलेट ग्यास भित्रियो

Bhairahawa-Naka-2

सलमान खान

१६ असोज, भैरहवा । रुपन्देहीको बेलहिया नाका (भैरहवा) बाट शनिबार डिजेलका ६ ट्यांकरसहित १ सय २७ वटा मालवाहक सवारी साधन नेपाल भित्रिएको छ ।

इलाका प्रहरी कार्यालय बेलहियाबाट प्राप्त तथ्यांक अनुसार शनिबार साँझ साढे ५ बजेसम्म तेल र ग्याँसका ट्यांकरसहित १ सय २७ वटा मालवाहक सवारी साधनहरु आएका छन् ।

जसमा ६ वटा डिजेल ट्यांकर, २ वटा खाना पकाउने ग्याँस (एलपीजी) बुलेट, ८ वटा सोयाबिन खाने तेलको ट्यांकर र विभिन्न साम्रगीका १ सय ११ वटा मालवाहक सवारी साधन छन् ।

विगतमा भैरहवा नाकाबाट दैनिक ४ सय देखि ५ सय मालवाहक सवारीहरु मुलुकमा भित्रिने गरिनेपनि भारतको अघोषित नाकाबन्दीपछि रोकिएको थियो । पछिल्ला दिनमा भने केही गाडीहरु नेपाल भित्रिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment