Comments Add Comment

एनआरएन आइसिसिमा प्रसाईको उम्मेद्वारी

१६ असोज, काठमाडौं । एनआरएन आइसिसिको युथ कोर्डिनेटरमा निरञ्जन प्रसाईले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् । हाल देखिएको एनआएरएन एनसिसि र एनआरएन आइसिसिबीचको दुरी कम गर्ने प्रमुख योजना रहेको प्रसाईले बताए ।

niranjanदेशमा रोजगारको अभाबमा बिदेशीने युवालाईसमेत बिदेश जानुपुर्व स्वदेशमा बिभिन्न तालीम प्रदान गर्ने योजना रहेको उनने सुनाए ।

एकेडेमिक एलायन्सको गठन गरी स्वदेशमा रहेका बेरोजगार युवालाई सिप प्रदान गर्ने उनको योजना छ । ‘मेरो यो सुरुवात हो, मैले गरेको अभियानलाई धेरैले अनुसरण गर्नेछन् जसका कारण देशका युवाहरु सिपमुलक बन्नेछन् ।’ उनले भने ।

अष्ट्रेलियाको स्थायी बसोबासी बनेका प्रसाईले हाल नेपालमा पनि विभिन्न व्यवसायमा लगानी गरेका छन् । ताप्लेजुङमा जन्मेका प्रसाईले देश निर्माणको लागि युवालाई सिपमुलक बनाउनु अत्याबश्यक भएकोले आफु्ले एकेडेमिक एलायन्सको योजना बनाएको जानकारी दिए ।

नेपालबाट बिदेश गएका युवालाई समेत नेपालमा ल्याई उनीहरुको सीपलाई तालीममार्फत अन्य युवालाई बाँड्ुन अत्याबश्यक भएको उनको भनाइ छ । एकेडेमिक एलायन्सले नेपालबाटछ बिदेश गएर अध्ययन गरिरहेका युवालाई नेपालमा ल्याएर देशका बेरोजगार युवालाई तालीम दिन लगाउने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment