Comments Add Comment

शेरधनले मिलाए युवा संघको विवाद, ८ महिनापछि निरु र दिलु पक्ष एकै बैठकमा

Kp-oli

१६ असोज, काठमाडौं । एमालेको भातृ संगठन युवा संघ नेपालको ८ महिनादेखिको विवाद सुल्झिएको छ । समानान्तर कमिटी सन्चालन गरिरहेको समूह समेतको सहभागितामा शनिवारदेखि संयुक्त बैठक बसेको र आइतवार महाधिवेशन आयोजक समिति गठन गरि अघि बढ्ने सचिव किरण पौडेलले जानकारी दिए ।

युवा इन्चार्ज शेरधन राईको पहलमा निरु पालले नेतृत्व गरेको संस्थापन पक्ष र दिलु पन्तले नेतृत्व गरेको अशन्तुष्ट पक्षलाई ८ महिनापछि एउटै बैठकमा ल्याइएको हो ।

राईले युवा संघको बिबाद मिलाउन पार्टी अध्यक्ष केपी ओली,बरिष्ठ नेता माधवकुमार नेपाल लगायत पदाधिकारीहरुसँग परामर्श गरेका थिए । ‘युवा संघको विवाद अब टुंगिएको छ,विवाद मिलेर बैठक शुरु भएको छ,बाँकी निर्णय सहमतिमै हुन्छ’ राईले भने ।

गत वर्ष माघ २१ गते महेश बस्नेतले अध्यक्षबाट राजिनामा दिई निरु पाललाई अध्यक्ष र अन्य केही पदाधिकारी चयन गरेपछि माधव नेपाल समर्थित दिलु पन्त पक्षले समानान्तर गतिबिधि चलाएको थियो ।

पछिल्लो सहमति अनुसार माघ २१ को निर्णय सच्याउने,निरु पालले अध्यक्ष छाड्ने र महाधिवेशन गर्न आयोजक कमिटी गठन गर्ने भएपछि युवा संघ एकीकृत भएको युवा संघक नेता बिष्णु पोखरेलले बताए ।

सहमति अनुसार पालले आफूले अध्यक्ष छाड्ने जानकारी बैठकलाई गराई सकेकी छन् । अब महासचिव राजिव पहारीको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment