Comments Add Comment

ओली नभई हुन्न भन्दैनौं, सुशील-देउवा जो भएपनि हुन्छ : प्रचण्ड

Prachanda

१६ असोज, काठमाडौं । एनेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्डले १६ बुँदे समझदारी गर्दा सहमतीय सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएको बताएका छन् । तर, संविधान जारी भएपछि कांग्रेसले सहमतिबाट पछि हट्ने संकेत गरेको उनले बताए ।

शनिबार नेवाः, ताम्सालिङ र तमुवान जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले भने-सुुशीलजीले शंका नगर्नुस्, तपाई नै हो के भनेर तीन चोटी भन्नु भएको हो । यो मेरो कानले सुनेको छ ।’

तर, संविधान बनेपछि थुप्रैको प्रधानमन्त्रीको ग्रन्थी रसाएको बताए । उनले भने-सुशील कोइरालालाई फेरि हुन पाए हुन्छ भन्ने लागेको छ । शेरबहादुरलाई पनि लागेको छ । रामचन्द्र पौडेललाई पनि अब म मेरो पनि पालो आयो भन्ने लागेको छ ।’

एमाले अध्यक्ष केपी ओलीलाई त म नै हुँ नि भन्ने लाग्नु स्वभाविक भएको भन्दै प्रचण्डले एक पटक प्रधानमन्त्री भइसकेका माधव नेपाललाई पनि त्यस्तै लागेको बताए । मधेसवादी दलहरुबाट पनि अब म प्रधानमन्त्री भन्ने कुराहरु आउन थालेको प्रचण्डले सुनाए ।

यो पटक एमाओवादीले प्रधानमन्त्री र राष्ट्रपति दुबैमा दावी नगर्ने प्रचण्डले बताएका छन् । संविधान कार्यान्वयका क्रममा थुपैै कानूनहरु बनाउनु पर्ने भएकाले सहमतीय सरकार आवश्यक रहेको बताए ।

तर, केपी ओली नै हुनुपर्छ भनेर अडान भने नलिने प्रष्ट पार्दै उनले भने-‘सुशील भएपछि हुन्छ, देउवा भएपनि हुन्छ, रामचन्द्र भएपनि हुन्छ । तर, सहमतिका आधारमा सरकार बनाउनुपर्छ ।’

यो पनि पढ्नुस्

प्रचण्डको ‘भीष्मप्रतिज्ञा’- अब हामफाल्छु, पार्टीलाई नम्बर एक बनाउँछु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment