Comments Add Comment

धरानमा गायक र रेकर्डिष्ट सम्मानित

Dharan

धरान । ‘छपनिले छानछान’, ‘बजारै भरौं न धरानै’ लगायतका चर्चित गीत गाएका धरानका अग्रज गायक गंगा बरदानलाई धरान संगीत प्रतिष्ठान (डिएसपी)ले सम्मान गरेको छ ।

शनिबार प्रतिष्ठानले बरदानले संगीत क्षेत्रमा दिएको योगदानले धरानको समेत गरिमा बढाएको भन्दै सम्मान गरेको हो । कार्यक्रममा धरानमा रेकर्डिङ स्टुडियो सञ्चालन गरेर संगीत विकासमा योगदान पुर्‍याउने विजय श्रेष्ठ, हेम सुब्बा र श्रीजन नेपाललाईपनि सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत सुनिल नेपालले सम्मानीतहरुलाई सम्मानपत्र प्रदान गरे ।

डिएसपीको नयाँ कार्यसमिति

धरानको सांगीतिक क्षेत्रको विकास गर्ने उद्देश्यले दूई वर्षअघि गठन भएको धरान संगीत प्रतिष्ठान (डिएसपी)ले नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार धरान १८ स्थित वडा समितिको कार्यालयमा भएको प्रथम साधारणसभाले मचेन लिम्बुको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा जीवन भट्टराई, सचिवमा कृष्णराजा श्रेष्ठ, सहसचिवमा टेकेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा विकास लिम्बु चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मनोज मोते, विदुर कार्की, लक्ष्मी आङ्वुहाङ र सुदिप उप्रेति चयन भएका छन् । समाजसेवी रमेश राईको संयोजक तथा नवराम राई र सुन्दर श्रेष्ठ सदस्य रहेको निर्वाचन मण्डलले कार्यसमिति छनोट गरेको हो ।

कार्यसमितिका बाँकी ४ सदस्य तथा सल्लाहकारहरु पछिको बैठकबाट चयन गरिने निर्णय भएको छ । प्रतिष्ठानले केही समयभित्रै संगीत प्रशिक्षण केन्द्र सञ्चालन गर्ने र नयाँ तथा पुराना संगीतकर्मीहरुलाई एकताबद्ध भएर अघि बढ्न सहयोग गर्ने नव निर्वाचित अध्यक्ष लिम्बुले बताए । प्रतिष्ठानका सल्लाहकार रमेश राईले आफ्ना मातापिताको स्मृतिमा प्रतिष्ठानकालागि १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment