Comments Add Comment

राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधन

१७ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको उपचारका क्रममा शनिबार राति नित्रन भएको छ ।

Chandra-Bhadur-Gurung अमेरिकाको कोलोराडोमा उपचाररत गुरुङको शनिबार राति नेपाली समय अनुसार पौने नौ बजे निधन भएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

महामन्त्रीको निधन भएपछि राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक आइतबार बिहान आठ बजेलाई बोलाएको छ । बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना गर्दा केन्द्रीय सदस्य रहेका गुरुङ राप्रपा नेपालको महामन्त्री बनेका थिए ।

पहिलो संविधानसभामा समानुपातिकबाट सभासद बनेका गुरुङ दोस्रो संविधानसभा निर्वाचनमा भने स्याङ्जाको क्षेत्र नम्बर एकबाट पराजित भएका थिए ।

गुरुङ २०१२ सालमा स्याङ्जाको पञ्चमुल सिरुवाली जन्मिएका हुन् । गुरुङकी श्रीमती, एक छोरा र एक छोरी छन् । तीनै जना अमेरिकामा बसोबास गर्दै आएका छन् ।

परिवार अमेरिकामा रहेपनि गुरुङको पार्थीव शरीरलाई दुई दिन भित्रमा नेपाल ल्याउने तयारी भइरहेको सहप्रवक्ता श्रेष्ठले बताए ।
श्रेष्ठले भने-‘राप्रपा नेपालमा निरन्तर उत्साहको कुरा गरिरहने उहाँ कहिल्यै निराश नहुने मान्छे हो । उहाँको नधिनले राप्रपा नेपाललाई अपूरणीय क्षति पुगेको छ ।’

पञ्चायत कालमा विद्यार्थी संगठनमा काम गरेका गुरुङ युवक संगठनको केन्दि्रय सभापति बनेका थिए । उनी एन्फाको अध्यक्ष पनि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment