Comments Add Comment

पेट्रोलियम पदार्थ लैजान आईओसीको टेलिफोन

Petrol-Pump१७ असोज, काठमाडौं । भारतले नाकाबन्दी खोल्न आफ्ना निकायहरूलाई निर्देशन दिएसँगै पेट्रोलियम पदार्थको आयात सहज हुने भएको छ ।

भारत सरकारले वीरगन्जस्थित रक्सौल नाकाबाहेक काँकडभिट्टा, भैरहवा, विराटनगर, नेपालगन्ज, कञ्चनपुर, धनगढीलगायतका नाकाबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न दिन सकारात्मक रहेको सन्देश पठाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

इन्डियन आयल निगम (आईओसी) का उच्च अधिकारीले शनिबार साँझ ६ बजे नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थ लोड गर्न ट्यांकर पठाइदिन टेलिफोनमार्फत आग्रह गरेका थिए ।

एनओसीका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार आईओसीका उच्च अधिकारीले फोनमार्फत रक्सौलबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ लोड गरेर लैजान अनुरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment