Comments Add Comment

राष्ट्रकवि भन्छन्-सेनाको बन्दुकमा खिया लाग्नु हुँदैन

१७ असोज, काठमाडौं । राष्ट्रकवि माधव घिमिरेले नेपाली सेनाको वन्दुकमा खिया लाग्न दिन नहुने वताएका छन ।सेनाको वन्दुक र उनीहरुको मनमा खिया लाग्दा मुलुक कमजोर वन्न सक्ने बताउँदै उनले नेपाली सेनाको प्रतिष्ठामा आँच आउन दिन नहुने धारणा राखेको अन्नपूर्ण पोस्टमा खबर छ ।

madhav-ghimireप्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई सम्मान गर्दै राष्ट्रकवि घिमिरेले भने, ‘सेनाको वन्दुक र मन दुवैमा खिया लगाउने काम कसैले पनि गर्नु हुँदैन ।’ उनले सेनाको वन्दुक र मनमा खिया लाग्दा सेना र मुलुककै प्रतिष्ठामा आँच आँउन सक्ने वताए ।

सेना जहिले पनि सर्तक रहुनु पर्ने र उसले प्रयोग गर्ने वन्दुक मजवुत हुनु पर्ने राष्ट्रकविको भनाइ थियो ।उलने भने,‘ अहिले पनि मुलुक अप्ठेरो अवस्थामा पुगेको छ ’। सक्षम व्यक्ति प्रधानसेनापति बनेको भन्दै उनले क्षेत्रीलाई राष्ट्र र जनता प्रति उत्तरदायी भएर काम गर्न सुझाव दिए ।

उनले सेना भएर मात्र सारा नेपाली सुरक्षित भएको वताए । उनले भने, ‘सेना भएकै कारण हामी सुरक्षित छौ र राष्ट्र सुरक्षित छ । ’ बाल्यकाल सम्झदै राष्ट्रकवि घिमिरेले भने,‘ सैनिक मञ्चमा परेड खेलिरहेको देख्दा उनीहरुको के नै काम हुन्छ र जस्तो लाग्थ्यौ । तर अहिले बुझदा सेनाको भुमिका महत्वपुर्ण हुँदो रहेछ ।’

उनले भने, ‘सेनाको काम खसी काटने खाने, रमाइलो गर्ने र परेड खेल्ने मात्र जस्तो लाग्थ्यो । पछि मात्र थाहा पाए, सेना भए मात्र राष्ट्र सुरक्षित हन्छ भन्ने कुरा । ’ उनले राष्ट्रलाई विपत्ती आइलागेका बेला नेपाली सेनाको भुमिका महत्वपुर्ण हुने वताए ।

गत भुकम्पमा उद्धार तथा राहत वितरणमा नेपाली सेनाले गरेको योगदानको प्रसंग कोटयाउदै घिमिरेले भने,‘नेपाली सेना नखटिएको भए अझ धेरै नेपालीको ज्यान गुम्न सक्ने थियो । नेपाली सेना स्यावासीको पात्र बनेको छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment