Comments Add Comment

एमालेको नेतृत्व कांग्रेसले नमान्ने, सुशीलले भने-मै प्रधानमन्त्री हुन्छु

susil-koirala-and-kp-oli
१७ असोज, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेका छन् । उनले एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने प्रस्तावसमेत गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव लिएर शनिबार साँझ बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव कोइरालाले अस्वीकार गरेको बालुवाटार स्रोतले बताएको नयाँ पत्रिकामा खबर छ ।

प्रचण्डले १६ बुँदे सहमति गर्दाको अनौपचारिक सहमतिअनुसार एमाले नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । कोइरालाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने र त्यसमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो । ‘एमाओवादी अध्यक्षले संविधान संशोधन कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ ।

१६ बुँदे सहमति गर्दा एमाले नेतृत्वमा सरकार बनाउने सहमति भएकै हो भन्ने धारणा राख्नुभयो,’ बैठक स्रोतले भन्यो, ‘तर, कोइरालाले एमालेलाई सरकारको नेतृत्व दिने कुरा मान्नुभएन । उहाँले आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment