Comments Add Comment

धेरै पादेको आरोपमा कर्मचारी बर्खास्त

Fating

अफिसमा धेरै पादेर दुर्गन्धित बनाएको आरोपमा एक जना वयोवृद्ध कर्मचारीले जागिरबाट हात धुनु परेको छ ।

अमेरिकाको पेन्सिल्भेनियास्थित सुँगुरको मासु बेच्ने कम्पनी केस पोर्क रोल कम्पनीले पादेको निहुँमा कर्मचारी बर्खास्त गरेको हो ।

समाचार अनुसार उक्त कम्पनीमा लेखानियन्त्रकको काम गर्दै आएका ७० वर्षका रिचार्ड क्लेमले बढि पाद आउने कारणले जागिर गुमाएका हुन् ।

सन् २०१० मा ग्यास्ट्रिक बाइपास सर्जरी गराएका क्लेमलाई त्यसपछि मलद्धारबाट अत्यधिक ग्यास निस्कने समस्याले समातेको थियो । सन् २०१३ मा उनको समस्या झनै बढ्यो र ग्यासका साथै अनियन्त्रित झाडापखाला सुरु भयो ।

आफुले १० वर्षदेखि निकै इमान्दार तथा विश्वासिलो तबरले काम गरेको भन्दै उनले एक्कासी बर्खास्त गर्नु निकै निरासाजनक तथा हतोत्साही गराउने खालको कार्य भएको उनले दुखेसो गरेका छन् ।

आफ्नो समस्या निकै खतरनाक रहेको भन्दै उनले आफु कार्यालय आउनेबित्तिकै बाथरुममा नछिरी नहुने तथा सम्हाल्नै नसक्ने तरिकाले ग्यास निस्किरहने समस्या रहेको उनी सुनाउँछन् । उनको वजन १९० किलो छ ।

सोही कार्यालयमा पार्टटाइम प्रशासनिक सहयोगीको काम गर्दै आएकी उनकी श्रीमती लोआनले पनि आफ्ना श्रीमानलाई बर्खास्त गरिएकै दिन राजिनामा दिइन् । उनले कम्पनी विरुद्ध मुद्धा समेत हालेकी छिन् र आफ्नो श्रीमानमाथि दुर्व्यवहार तथा विभेद गरिएको आरोप लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment