Comments Add Comment

यी हुन् वलिउडका ड्रगिस्ट कलाकार

मुम्बई । कलाकारको जिबन पर्दामा हेर्दा सुखी देखिन्छ । महंगो पारिश्रमिक, सुविधा सम्पन्न बसाई र सार्वजनिक कार्यक्रममा उनीहरुमाथि गरिने सम्मान देख्दा लाग्छ । उनी भन्दा सुखी अरु कोही छैन ।

अभिनयमा सिलसिलामा निकै सुखी जस्ता देखिने यी कलाकार मध्ये कतिपय यति दुःखी छन् कि उनीहरुले बाँच्नका लागि ड्रग्सको सहारा लिइरहेका छन् ।

रणबीर कपुर, सञ्जय दत्त, राहुल महाजन, फरदिन खान जस्ता कलाकार ड्रग्सको शिकार भएका थिए । ति कलाकार केही पटक प्रहरीद्धारा पक्राउ परे भने कतिपयले उपचारपछि कुलतवाट छुट्कारा पनि पाए ।

कतिपय यस्ता पनि भेटिए ‘ड्रग्सकै कारण सडकमा समेत पुगे । हेरौं ड्रग्स लिने बलिउड कलाकारको नालिबेली ।

Ranabir

रणबीर कपुरः ३३ वर्ष पुरा भए रणबीर कपुर । उनको परिवार मात्रै हैन प्रेमीका समेतलाई थाह छ । उनी स्कुलदेखि नै कुलतको शिकार भएका थिए । उनी चेन स्मोकर हो भन्नेमा सब जानकार थिए तर, ड्रग्सको कुलतमा परेको सिमितलाई मात्रै थाह थियो ।

सन २०११ मा एक अन्तर्वाताको क्रममा उनी आफैंले खुलासा गरेका थिए । ‘रकस्टार’ को सुटिङमा सुटिङ गर्न नसकेपछि ड्रग्सको सहारा लिनु परेको थियो । उक्त चलचित्रको एउटा दृष्यमा सुटिङ गर्ने क्रममा उनी हड्बडाएपछि ड्रग्स लिएका थिए भने त्यसपछि सहजै रुपमा सुटिङ गरेका थिए ।

सुटिङमा समस्या झेलेपछि मात्रै उनले स्कुलदेखि नै ड्रग्सको कुलतमा रहेको स्वीकारेका थिए ।

फरदिन खानः सन २००१ सम्म उनको वारेमा राम्रै टिप्पणी गर्नेहरु धेरै थिए । मुम्बइको जुहु क्षेत्रमा रहेको एउटा डिलरमा कोकिन खरीद गर्दा गर्दै प्रहरीले भटेपछि उनलाई पनि केही समय रिह्याब सेन्टरमा पठाइएको थियो ।

sanjay-dutta

सञ्जय दत्तः सञ्जय दत्त यस्ता अभिनेत हुन्, जो पटक पटक अपराधिक मामिलामा जोडिन्छन् । करिअरको सुरुवाती दिनमा उनमा ड्रग्सको लत थियो । आमाको मृत्युपछि विक्षिप्त भएका सञ्जयले ड्रग्सलाई आफ्नो साथी बनाएका थिए । केही समय रिह्याव सेन्टरमा बसेपछि उनलाई ठिक भएको थियो ।

सन १९८२ मा उनी ड्रग्सकै केशमा गीरफ्तारमा परे । उनलाई ५ महिनाको जेल सजाय भएको थियो ।

राहुल महाजनः पिताको निधन भएको ठिक एक महिनापछि सन २००६ जुन ३ मा उनी कोकिनको ओभरडोजको कारण अस्पताल भर्ना भएका थिए । राहुलकै भनाई अनुसार त्यतिवेला उनमा डि्रङ्स र कोकिन दुबै ओभरडोज थियो । अस्पतालवाट डिस्चार्ज भए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

गीताञ्जलिः सन १९९० को दशकमा गीताञ्जली फेसन उद्योगमा प्रसिद्ध मोडलको रुपमा चिनिन्थिन् । ड्रग्सको लतकै कारण उनी भिखारी बनिन् । यतिसम्मकी उनले पछिल्लो समय जीबन धान्नका लागि घरेलु कामदार समेत बन्नु पर्‍यो । केही समय उनी फुटपाथमा पुगेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment