Comments Add Comment

दिनमा कति पटक हाँस्नुहुन्छ ? जानौँ केही रोचक तथ्यहरु

lafing-finalहाँसीहाँसी जीवन जिउनु तथा मेहेनतको कमाइ खानुको मज्जा नै बेग्लै । हाँसेर जिन्दगी जिउन पाउने भाग्यमानीहरु कमै हुन्छन्, किनकी यो दुनियामा एउटा न एउटा दुःख नहुने मानिस को होला र ? तर सँधै दुःखी बनेर पनि त भएन ।

हाँस्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ भन्ने वैज्ञानिक तथ्यलाई समेत कदर गर्दै हाँस्नु त पर्यो नै । तर के तपाइँले कहिल्यै गणना गर्नुभएको छ, दिनमा तपाइँ औषतमा कति पटक हाँस्नुहुन्छ ? सायद छैन होला । तर एक अध्ययनले भने मानिस औषतमा एक दिनमा १५ पटक हाँस्ने देखाएको छ । मानव शरीरको विषयमा केही रोचक तथ्यहरु यस्ता छन् :

  •  मानव सरीरभित्र तथा बाहिरै पनि असंख्य जिवाणुहरु हुन्छन् । जसको वजन मानिसको सरीरको कुल वजनको १० प्रतिशत हुन्छ ।
  •  हरेक दिन औषतमा ६० वटा कपालका रौँ र्झदछन् ।
  •  मानव मस्तिष्कमा ८० प्रतिशत पानी हुन्छ ।
  •  मधुमेहबाट विश्वमा प्रत्येक मिनेटमा ६ जनाको ज्यान जान्छ यस अनुसार विश्वमा मधुमहेका कारण वर्षेनी ३२ लाख जनाले ज्यान गुमाउँछन् ।
  • पुरुषको सरीरमा कुल वजनको ३५ प्रतिशत तथा महिलाको सरीरमा ३५ प्रतिशत भन्दा कम बोसो हुनु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
  • बच्चा जन्मिँदा उसको टाउकोको लम्बाइ सरीरको कुल लम्बाइको एक चौथाइ हुन्छ । मानिस २५ वर्षको हुँदा टाउकोको लम्बाइ सरीरको कुल लम्बाइको ८ भागको एक भाग हुन्छ ।
  •  रगतको एक थोपामा २५ करोड रक्तकोषिका हुन्छन् ।
  •  गर्भावस्थामा गर्भ रहेको तीन महिनामै बच्चाको औँलामा औँठाछाप बस्दछन् ।
  •  कपाल हरेक दिन ०.३ देखि ०.५ मिलिमिटर बढ्दछ । अर्थात् एक महिनामा १ देखि डेढ सेमी र एक वर्षमा १२ देखि १५ सेमी बढ्दछ ।
  •  एक स्वस्थ कलेजोले एक दिनमा ७२० लिटर रगत प्रशोधन गर्दछ ।
  •  मानव सरीरमा झण्डै २ लाख तापसूचक सेन्सर तथा ५ लाख स्पर्श सुचक सेन्सर हुन्छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment