Comments Add Comment

मलेसियामा ‘स्टूपिड मन’ देखाइदै

stupid-man
दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘स्टूपिड मन’ आज मलेसियामा देखाइदैछ । यसका लागि मलेसियामा प्रोडक्शन कन्ट्रोलर वुद्धिलाल मगर पुगेका छन् । उनले आज मलेसियामा स्थायिन समय अनुसार साढे १ बजे चलचित्र देखाउन लागेको जानकारी दिए ।

फाइभ इलिमेन्ट होटल, कोत्रायमा यो चलचित्रको विशेष शो हुन लागेको वुद्धीको भनाई छ । उनले चलचित्रलाई लिएर मलेसियामा रहेका नेपालीमा उत्साह पनि रहेको बताए ।

जीवन लुइटेल, चाँदनी शर्मा, निरज बराल, रिज्जु श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले प्रेमको कथालाई उठान गरेको छ । थाइल्याण्डमा सम्पुर्ण दृश्य खिचिएको यो चलचित्रलाई नेपालमा राम्रो समिक्षा मिलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment