Comments Add Comment

सलमानको फिल्मलाई साहरुखको वधाई, यस्तो छ ‘प्रेम’को नयाँ अवतार

prem-ratan-dhan-payo-photo
सुरज बड्जात्याको निर्देशनमा तयार भएको चलचित्र ‘प्रेम रतन धन पायो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरको कलर र सेटलाई उत्कृष्ट मानिएको छ ।

लामो समयपछि नायक सलमान खान यो चलचित्रमा आफ्नो चर्चित पर्दाको पात्र ‘प्रेम’को भूमिकामा देखिदैछन् । उनलाई नायिका सोनम कपुरले साथ दिएकी छिन् ।

तिहारको अवसर पारेर प्रदर्शनमा आउने यो चलचित्रलाई नायक साहरुख खानले पनि वधाई दिएका छन् । ट्विटरमा एक फ्यानले सोधेको प्रश्नमा साहरुखले जवाफ दिदै सलमानको चलचित्रलाई सफलताको शुभकामना भनेका हुन् ।

साहरुखले यसअघि चलचित्र ‘बजरंगी भाइजान’को फस्ट लुक आफ्नो ट्विटरबाट सार्वजनिक गरेका थिए ।

नायक सलमान खान लामो समयदेखि बलिउडमा एक्सन स्टारको रुपमा जम्दै आएका छन् । यसैले पनि ‘प्रेम रतन धन पायो’ जस्तो पारिवारिक भूमिका उनका लागि चुनौती पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment