Comments Add Comment

हनिमुनका लागि पेरिस जान छाडेर रीमाले गरिन् चलचित्रकर्मीलाई सहयोग

reema-and-gharana
नायिका रीमा विश्वकर्माले आफ्नो हनिमुन योजनालाई पर सार्दै चलचित्रकर्मीलाई सहयोग गरेकी छिन् । चलचित्र विकास बोर्ड अन्र्तगतको ‘चलचित्रकर्मी कल्याणकारी कोष’मा उनले नगद १ लाख सहयोग गरेकी हुन् । रीमा र उनका पति रोवर्ट विश्वकर्माले कल्याणकारी कोषकी संयोजक झरना थापालाई नगद १ लाख हस्तान्तरण गरेका हुन् ।

उनले झरना थापाको हातमा सहयोग थम्याउनुको पछाडि उनीबाट प्रभावित पनि भएको बताइन् । ‘बिहेपछि नायिकाहरु यो क्षेत्रबाट हराउने गर्छन्, तर झरना दिदी बिहेपछि यो क्षेत्रमा जम्नु भयो । म उहाँबाट अत्यन्त प्रभावित छु’, रीमाले भनिन् । झरनाको हातमा सहयोग राशी थम्याउनुलाई रीमाले सांकेतिक भाषामा परिभाषित गरिन् ।

उनले चलचित्र क्षेत्रमा लामो समयसम्म लागेपनि चलचित्रकर्मीले काम गर्न नसक्ने भएपछि दुख पाउने गरेको सुनाइन् । रीमाले भनिन्-‘आज अरुलाई पर्दा मैले सहयोग गरेकी छु । भोली मलाई पर्दा पनि चलचित्रकर्मीले नै सहयोग गरुन् भन्ने इच्छा छ ।’

नायिका झरना थापाले कल्याणकारी कोषमा ३ करोड ४ लाख रहेको भन्दै आफ्नो लक्ष्य ५ करोड पुर्‍याउनु रहेको बताइन् । उनले भोली आफूलाई पनि दुख पर्न सक्छ भन्ने सोच राखेर सबै चलचित्रकर्मीलाई कल्याणकारी कोषमा सहयोग गर्न आग्रह गरिन् । झरनाले आफू पनि निर्माता सुनिलकुमार थापाको मायाले यहाँसम्म पुगेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment