Comments Add Comment

माउरिन्होले भने- राजीनामा दिन्नँ, बरु बर्खास्त गर

Jose-Mourinho

१७ असोज, काठमाडौं । यो सिजन खराव लयमा रहेको चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले पद नछाड्ने भन्दै मन नपरे बर्खास्त गर्न चुनौती दिएका छन् ।

इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी साउथ हृयाम्पटनसँग ३-१ ले पराजित भएपछि माउरिन्होले भने-म प्रष्ट पार्न चाहन्छु, म छाडेर भाग्दिँन ।’

उनले अघि भने-यदि क्लबले मलाई बर्खास्त गर्न चाहन्छ भने गरोस् । तर, म र मेरो टीम आफ्नो जिम्मेवारीबाट भागेको छैन ।’

गत सिजनको च्याम्पियन चेल्सी यो सिजन ८ खेलबाट ८ अंकसहित अंक तालिकाको १६ औं स्थानमा छ । र, लिग लिडर म्यानचेष्टर सिटीभन्दा १० अंकले पछाडि परिसकेको छ ।

प्रशिक्षक माउरिन्हाले अब चेल्सी यो पटक फेरि च्याम्पियन बन्न किनै कठिन भएको बताए । उनले भने-म शीर्ष चारमा रहन केन्द्रीत छु, जब सिजन खराव भने शीर्ष चारमा रहनु ठिकै हुनेछ ।’

क्लब इतिहासकै निर्णायक क्षणमा रहेको भन्दै उनले भने, किन थाहा छ ? किनकी यदि क्लबले मलाई बर्खास्त गर्‍यो भने उनीहरुले क्लबको उत्कृष्ट म्यानेजरलाई बर्खास्त गरेको हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment