Comments Add Comment

सामसुङ टिभी, फ्रिज र वासिङ मेसिन किन्दा आकर्षक पुरस्कार

१७ असोज, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सको नेपाली बिक्रेता ‘हिम इलेक्ट्रोनिक्स’ र ‘त्रिवेणी व्यापार’ले संयुक्त रुपमा दशैं र तिहारको अवसर पारेर ‘स्मार्ट महा उत्सव’ योजना घोषणा गरेका छन् ।

Print

यो योजना आसोज १४ गतेदेखी सुरु भई कार्तिक २९ सम्म सञ्चालन हुने बताइएको छ । यस योजनामा ग्राहकहरुले सामसुङको टिभी, फ्रिज र वासिङ मेसिनको खरिदमा आकर्षक पुरस्कार पाउनेछन् ।

कम्पनीका अनुसार सामसङ टिभीको कुनै पनि मोडल खरिदमा स्टेट अफ द आर्ट सामसङ डिजिटल क्यामेरा, मोबाइल फोन र टाइमेक्स घडीहरु पाइने भएको छ ।

सामसङ रेफ्रिजेरेटरको खरिदमा टाइमेक्स घडी र बजाज मिक्सर प्रदान गर्ने कम्पनीले जनाएको छ । वासिङ मेसिनको खरिदमा बजाज आइरन प्राप्त हुनेछ । यस योजनामा कुनै पनि ग्राहकले हात खाली नजाने उपहार पाउने कम्पनीले जनाएको छ ।

सामसुङ विश्वकै लोकप्रिय इलेक्ट्रोनिक्स कम्पनी हो । यसले टिभी, स्मार्टफोन, स्मार्ट घडी, ट्याब्लेटस्, क्यामेरा, डिजिटल सामानहरु, प्रिन्टर, चिकित्सकीय उपकरण, नेटवर्क सिष्टम, सेमी कन्डक्टर र एलइडीहरु उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment