Comments Add Comment

सुनको मूल्य एकैदिन ८ सय रुपैयाँले बढ्यो

Gold१७ असोज, काठमाडौं । आइतबार सुनको मूल्य एकै पटक तोलामा ८ सय रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको ५० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ४९ हजार ५ सय रुपैयाँ प्रतितोलामा झरेको सुन एकै दिनमा उच्च दरले बढेको हो । आइतबार तेजावी सुनको मूल्य भने ५० हजार ५० रुपैयाँ तय भएको छ ।

चाँदीको मूल्य पनि आइतबार २० रुपैयाँले बढेको महासंघले जनाएको छ । शुक्रबार ६ सय ८० रुपैयाँ रहेको चाँदीको आइतबार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment