Comments Add Comment

१३ सय ट्याक्सीका लागि १५ हजार बढीको आवेदन

taxi (4)

१७ असोज, काठमाडौं । काठमाडौैंमा दर्ता हुन लागेको नयाँ ट्याक्सीको मालिक बन्न स्वरोजगार ट्याक्सी मजदुर र सर्वसाधरणको ठूलो आकर्षण देखिएको छ ।

ट्याक्सी मजदुर र सर्वसाधरणका लागि छुट्याएको १३ सय वटा ट्याक्सी लिन झण्डै १२ गुणा बढी आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ ।

१३ सय वटा ट्याक्सीको लागि विभागमा १५ हजार भन्दा बढीको आवेदन परेको विभागका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए । सरकारले ब्यवसायीका लागि छुट्याइएको ५ सय ५० ट्याक्सीको कोटामा भने ५ सय ४० वटा मात्रै आवेदन परेको थियो ।

तर, सर्वसाधरण र ट्याक्सी मजदुर तर्फको कोटामा आवेदन दिने अत्याधिक भएका हुन् । स्वरोजगार मजदुरका लागि सरकारले ६ सय ट्याक्सी दिने गरी कोटा छुट्याएको थियो । त्यसमा ट्याक्सी मालिक बन्ने गरी विभागमा ७ हजार भन्दा बढीले आवेदन दिएको अधिकारीले बताए ।

यसैगरी सर्वसाधरणलाई ७ सय वटा ट्याक्सीको कोटा निर्धारण गरिएकोमा ७ हजार ९ सय ७ जनाले ट्याक्सी मालिक बन्ने ईच्छा देखाएर दरखास्त दिएको विभागले जनाएको छ ।

गोलाप्रथाले खोल्नेछ भाग्य

यातायात व्यवस्था विभागले नयाँ ट्याक्सी कसलाई दिने भनेर छान्नका लागि गोलाप्रथाकै सहयोग लिने भएको छ । मजदुर र सर्वसाधरणको कोटामा १५ हजार भन्दा बढी आवेदन परेपछि विभागले गोलाप्रथामार्फत निष्पक्ष तवरले ट्याक्सी किन्ने अनुमति दिने प्रवक्ता अधिकारीले बताए ।

सर्वसाधरणतर्फको गोलाप्रथा असोज २२ गते हुनेछ भने मजदुरतर्फको गोलाप्रथा असोज २९ गते हुने विभागले जनाएको छ ।

विभागमा दिएको दरखास्त नम्बरका आधारमा गोलाप्रथा गरिने प्रवक्ता अधिकारीले बताए । गोलाप्रथा कार्यक्रमको टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण पनि गरिने विभागले जनाएको छ ।

१ सय नयाँ ट्याक्सी आइपुगे

काठमाडौंमा रहेको ७ हजार ५ सय ट्याक्सी मध्ये १८ सय ट्याक्सी विभन्न कारणले उपत्यकामा चल्न छोडेपछि त्यसैको स्थानमा नयाँ ट्याक्सीको दर्ता खोलिएको हो ।

काठमाडौंमा २०५७ पछि नयाँट्याक्सी दर्ता भएका थिएनन् । विभागसंग नयाँ अनुमति लिएका ब्यवसायीले १ सय भन्दा बढी ट्याक्सी काठमाडौंमा दर्ता गरी चलाउन सुरु गरिसकेका छन् । नयाँ ट्याक्सी ८ सय सीसी भन्दा माथिका हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment