Comments Add Comment

हमालको क्रेज फर्काउन लागिपरे भारतीय निर्माता

rajesh-hamal-in-bagmati
नायक राजेश हमालको क्रेज पर्दा बाहिर खुबै छ । तर, पर्दामा भने हमाल चलेका छैनन् । हमाललाई हेर्न पर्दा बाहिर जती मानिसको भिड हुन्छ, पर्दामा हुँदैन । सायद, यसैले पनि होला राजेश हमाललाई लिएर अहिले निर्माताहरुले चलचित्र बनाएका छैनन् ।

तर, दक्षिण भारतीय एक टिम भने हमालको क्रेज फर्काउनका लागि लागिपरेको छ । सन्नी केरलाले निर्देशन गरेको चलचित्र ‘बागमती’मा हमाललाई मात्र एकहोरो प्रमोशन गरिएको छ । हमालको मात्र अनुहार राखेर पोष्टर, टिजर, डाइलग टिजर सार्वजनिक भैसकेका छन् ।

टि्र इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्रको दिनेश दर्शनधारी र विजय सत्यालको लगानी छ । यसमा बलिउड र  दक्षिण भारतमा प्रयोग हुने प्रविधी प्रयोग गरिएको छ । चलचित्रमा शिव श्रेष्ठ र केकी अधिकारी पनि छन् ।

तर, यी दुइलाई पूर्ण रुपमा छायाँमा पार्दै नायक राजेश हमालको एकहोरो प्रचार मात्र गरिएको छ । यसैले, यो चलचित्र चलेन भने राजेश हमाललाई पर्दामा रुचाइदैन भन्ने पुष्टी हुन्छ । हमालका लागि पनि यो चलचित्र विशेष बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment