Comments Add Comment

दसैंको गीतमा परदेशीको कथा

narou-aama
रामप्रसाद ढुंगेल, यूएई ।
नेपाली सांगीतिक क्षेत्रमा चाडपर्व विशेष गीतहरु सार्वजनिक हुने क्रम बढिरहेको छ । नेपालीहरुको महान् चाड विजयादशमी नजिकिदै गर्दा दसैं सम्बन्धी धेरै गीत सार्वजनिक भइरहेकै छन् । ती गीतहरुमा कतै परदेशका पीडा समावेश गरिएका हुन्छन् भने कतै गाउँघरका सम्झना ।

घरपरिवारको खुसीका लागि परदेसिन परेको र यसपटकको दसैंमा घर आउन नपाए पनि अर्को दसैंमा धन बोकेर आफ्नी आमाको हातबाट टीका लगाउने भन्दै नरोउ आमा बोलको गीत दुबईका रचनाकारहरुले सार्वजनिक गरेका छन् ।

दसैंमा स्वदेश फिर्न नपाउँदाको पीडा पोख्ने रचनाकार हुन् सन्चारकर्मी कमल न्यौपाने र कुमार बस्नेत । गीतको अडियोले श्रोताको राम्रो साथ पाइरहेका बेलामा भिडियो सार्वजनिक भएको हो । आफू परदेशमा रहेको र दसैंमा घर जान नपाएका, आमाको हातबात टीका लगाउन नपाएका भावलाई गीतले प्रस्तुत गरेको छ ।

आफू परदेशमा रहँदा देखेका र भोगेका प्रसङ्गलाई गीतमा समावेश गरेर गीत रचना गरिएको कमलको भनाइ छ । परदेशीका शब्दलाई गायक बालचन्ऽ बरालले स्वर दिएका छन् । गीतको भावलाई आफुले सक्दो न्याय गरेको गायकको भनाइ छ । भिडियोको निर्देशन स्मृती तिमल्सिनाले गरेकी हुन् । भिडियोमा पवन, डिला, तुलसीले मोडलिङ गरेका छन् । सुरेश श्रेष्ठको छायांकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment