Comments Add Comment

बिराटनगर नाका खुलाउन भारतीय भन्सार अधिकारी सहमत

Bhansar-Biratnagar

१७ असोज, काठमाडौं । विराटनगरको रानी भन्सार नाकाबाट आयात-निर्यात फेरि सुरु गर्न भारतका भन्सार अधिकारीहरु सहमत भएका छन् ।

विराटनगरको रानी भन्सार कार्यलयका प्रमुख कृष्णबहादुर बस्नेत र भारतीय भन्सारका प्रमुखका उच्च अधिकारीबीच आइतबार भएको बैठकमा भारततर्फ भन्सार जाँचपास सहज र तीब्र बनाउने सहमति भएको हो । बस्नेतका अनुसार तेल, ग्यास, औषधि, खाद्यान्नका सामानलाई प्राथमिकता दिएर जाँचपास गर्न जोगमनी भन्सार तयार भएको छ ।

शनिबार भारतीय विदेश मन्त्रालयले नाकाबाट अघोषित नाकान्दी हटाउन निर्देशन दिएको थियो ।

नेपालतर्फ आउने मालबाहक गाडीहरुलाई प्रहरीको सुरक्षा घेरामा राखेर ल्याउने र प्राविधिक समस्याहरु समाधान गर्न भन्सारमा बिराटनगर उद्योग बाणिज्य संघले हेल्प डेस्क राख्ने सहमति पनि भएको बस्नेतले जानकारी दिए । सहमतिअनुसार अपरान्हदेखि आयात-निर्यात पूर्ववत रुपमा हुने बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment