Comments Add Comment

‘अनुशासनको कारबाही’ भनेकोमा पारस दुःखी

१७ असोज, काठमाडौं । आफूलाई नेपाली क्रिकेट टीमको कप्तानबाट हटाएको खबरले भन्दा अनुशासनको कारबाही भन्ने शब्दले पारस खड्कालाई दुःखी बनाएको छ ।

Paras-Khadkaसाथै उनले समाचारको खण्डन गर्दै आफू नै कप्तान भएको भन्दै नेपाल क्रिकेट संघ क्यानले दिएको पत्र समेत देखाएका छन् ।

केही दिन एक एक राष्ट्रिय दैनिकले पारसलाई कप्तानबाट हटाउने निर्णय भएको समाचार प्रकाशित गरेको थियो । तर, अरु कसैले पनि त्यो समाचारलाई स्थान नदिएकाले उनलाई विश्वसनीयतामा शंका लागेको थियो ।

तर, समाचारमा आफूलाई अनुशासनको कारबाही गर्दै कप्तानबाट हटाएको भनिएपछि उनलाई निकै चोट परेको छ ।

आइतबार पत्रकार सम्मेलन नै गरेर पारसले दुःख पोखेका छन् । ‘म क्यानमा अनुवन्धित खेलाडी हुँ । क्यानले हटाउँछ भने मेरो भन्नु केही छैन’ पारसले भने-‘तर अनुशासनको कारबाही भन्ने शब्दले हर्ट गरेको छ ।’

यसले आफ्नो आगामी करियरलाई समेत असर पर्ने भन्दै पारसले समाचारविरुद्ध प्रेस काउन्सिलमा जाने बताएका छन् । गलत समाचारले आफ्नो परिजार र समर्थकलाई तनाव दिएको उनले बताए ।

यो पनि पढ्नुस्

कसले हटायो पारसलाई कप्तानबाट ? अध्यक्ष भन्छन्- निर्णय भएकै छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment