Comments Add Comment

मुलुकको अर्थतन्त्र जोगाउन महासंघद्धारा राहत प्याकेजको माग

१७ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आइतबार बसेको कार्यकारिणी समिति बैठकले सरकार र आन्दोलनरत दलहरुलाई वार्ताको माध्यमबाट समस्या समधान गरी मुलुकलाई असफल राष्ट्र हुनबाट बचाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

fncci1महासंघका अध्यक्ष पशुपति मुरारकाको अध्यक्षतामा बसेको बैठकमा डेढ महिना भन्दा बढी समयदेखि जारी आन्दोलनबाट मुलुक गम्भीर आर्थिक संकटमा परेकोतर्फ चिन्ता व्यक्त गरिएको छ । बैठकमा अर्थतन्त्रलाई दूर्घटनाबाट बचाउन सरकारका तर्फबाट तत्काल राहतका प्याकेज घोषण गर्न माग गर्ने निर्णय भएको बताइएको छ ।

सोही अवसरमा महासंघको विशिष्ट सदस्यमा पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार र कार्यकारिणी समितिको सदस्यमा उद्योगपति कुमुद कुमार दुगडलाई मनोनयन गरिएको छ ।

बैठकमा चारवटा नगर उद्योग वाणिज्य संघहरुलाई नगरस्तरीय उद्योग वाणिज्य संघको सदस्यता, ४ वटा वस्तुगत संघहरुलाई वस्तुगत संघको सदस्यता र १६ वटा विभिन्न उद्योग प्रतिष्ठानहरुलाई महासंघको एसोसिएट सदस्यता प्रदान गर्ने निर्णय भएको छ ।

बैठकमा महासंघका पूर्व अध्यक्षहरु रविभक्त श्रेष्ठ, चण्डिराज ढकाल, कुशकुमार जोशी, पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment