Comments Add Comment

भारतलाई नेपालको चेतावनी- भित्तामा पुर्‍याउन खोजे चीनबाट तेल ल्याउँछौं

१७ असोज, काठमाडौं । नेपालले भारतलाई पेट्रोलियम पदार्थ आयातमा चीनतर्फ नधकेल्न चेतावनी दिएको छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले अब भारतलाई धेरै कुर्न नसक्ने बताएका छन् ।

Deep-Kumarनेपालमा घोषणा भएको संविधानमा मधेसका केही मुद्दा सम्बोधन नभएको भन्दै झण्डै दुई सातादेखि नाकाबन्दी गरेको भारतले शनिबार आवागमन सहज बनाउन निर्देशन दिएको बनाएको थियो ।

तर, आइतबार विहानै सीमा नाकाहरुमा त्यस्तो नदेखिँदा झुक्याएको भेद खुलेको छ । र, त्यही सन्दर्भमा नेपालले भारतलाई कडा चेतावनी दिएको छ ।

भारतको सरकारी समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तरवार्तामा नेपाली राजदूत उपाध्यायले भने- यदि पेलेर नेपाललाई ‘मरता क्या नहीं करता’ को अवस्थामा पुर्‍याउने हो भने हामी अरु देशसँग एप्रोच गर्न बाध्य हुन्छौं ।’

नेपाललाई पेलेर भित्तामा नपुर्‍याउन उपाध्यायले आग्रह गरेका छन् । अन्यत्रबाट तेल आयात गर्दा कठिनाइ हुने भए पनि नेपालले चीन वा अन्य मुलुकसमक्ष प्रस्ताव राख्न सक्ने उपाध्यायले बताए ।

भारतको नेतृत्वले छिटोभन्दा छिटो समस्या समाधान गर्ने आश्वासन दिएको भए पनि व्यवहारमा त्यसो नभएको राजदूत उपाध्यायले बताए । उनले भारतलाई समयसीमा तोक्न आग्रह गर्दै भने-‘मतलब, घण्टा, साता वा महिना ?

भारतविरोधी प्रदर्शन स्वभाविक

राजदूत उपाध्यायले नेपालमा भइरहेको भारतविरुद्ध प्रदर्शनलाई स्वभाविक भनेका छन् । उनले भने-‘जब भारतले भूकम्पको बेला सहयोग गर्‍यो, सबैले प्रशंसा गरे र धन्यवाद दिए । अहिले आपूर्ति रोकेपछि मानिसहरुले प्रदर्शन गरे । यो स्वभाविक हो ।’

यो पनि पढ्नुस्

‘अत्तर जस्तो’ भन्दै भारतको तेल बहिस्कार !

भारतले झुक्यायो : हटेन अवरोध, इन्धन दिन अझै आनाकानी

एक ट्यांकर तेल पनि नेपाल आएन, नाकामा भारतको थप कडाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment