Comments Add Comment

उखानेले कसरी देश चलाउँछभन्दा दुःख लाग्दैन : ओली

१७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा उखान–तुक्का प्रयोगबारे हुने आलोचनाबाट दुःखित नहुने बताएका छन् ।

KP Oliलेखक तथा राजनीतिज्ञ प्रदीप नेपालको नयाँ यात्रा निबन्ध‘कुञ्जिनीको गामवेंशी’लोकार्पण गर्दै अध्यक्ष ओलीले भने-“उखानेले कसरी देश चलाउँछ भनेर पनि मलाई भन्ने गर्छन् तर पञ्चायतकालमा भूमिगत हुँदादेखि वा जेलमा रहँदा दुःख मनाउका बेला अरु गीत गाउँथे, म उखानको प्रयोग र आपसी रमाइलो तथा आनन्द दिलाउँथे ।”

प्रधानमन्त्री पदका उम्मेदवार समेत रहेका ओलीले आफ्ना मालेकालदेखि सहयात्री रहनुभएका लेखक नेपाल बहुआयामिक व्यक्तित्वका धनी भएको बताउँदै राजनीति र सङ्गठनको कामसँगै साहित्यिक यात्रालाई एकैसाथ लान सक्नुभएकामा प्रशंसा गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment