Comments Add Comment

सशस्त्र प्रहरी छोटो अवधिमै भरपर्दो सुरक्षा निकाय बन्योः गृहमन्त्री

Apf

१७ असोज, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले सशस्त्र प्रहरी बलले छोटो अवधिमै देशको भरपर्दो सुरक्षा निकायको रुपमा स्थापित भएको बताएका छन् ।

सशस्त्र प्रहरी बलमा पहिलो पटक सञ्चालन हुन लागेको ‘कमाण्ड तथा स्टाफ कोर्ष’को आइतबार उद्घाटन गर्दै गौतमले जनताको हितमा गरेको योगदानले सशस्त्र प्रहरीलाई लोकपि्रय बनाएको बताए । ‘सशस्त्र प्रहरी बलको योगदान अतुलनीय रहेको छ’ उनले भने-‘कानूनी राज्यको अवधारणा बमोजिम शान्ति सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरी बलको योगदान प्रसंसनीय छ ।’

हालका दिनहरुमा झै मानव अधिकारको रक्षा गर्दै पूर्णरुपमा व्यावशायीक भएर काम गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिएका छन् । उनले भने-‘चुनौतीपूर्ण कार्यक्षेत्रहरुमा समेत सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुले मानव अधिकारको रक्षा गर्दै पुरा गरेको जिम्मेवारीको सवैतिरबाट प्रसंसा भइरहेको छ ।’

नयाँ संविधानमा सशस्त्र प्रहरी बल राष्ट्रिय संगठनको रुपमा स्थापित भएको भन्दै गृहमन्त्री गौतमले एकिकृत सुरक्षा योजना बमोजिम उत्कृष्ट ढंगले जिम्मेवारी पुरा गरेको सशस्त्र प्रहरी बलले जनताको जीउधनको रक्षा तथा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण लगाएतका आफ्ना जिम्मेवारी पुरा गर्न पेशागत ढंगले प्रतिवद्ध रहिरहने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले करीब एघार महिनाको प्रयासमा स्टाफ कलेज संचालनको स्वीकृती प्राप्त भएको भन्दै आभार प्रकट गरे ।

फौजी संगठनमा व्यावसायिक प्रशिक्षणका लागि महत्वपूर्ण मानिने स्टाफ कलेजमा सुरक्षा, विकास तथा शान्ति सम्बन्धि विषयको प्रशिक्षण हुनेछ । उक्त कोर्षमा गत साउनमा त्रिभुवन विश्वविद्यालयबाट लिइएको प्रवेश परिक्षामा उत्तिर्ण १२ जना एपीएफ अधिकृत समावेश छन् ।

कमाण्ड तथा स्टाफ कोर्षमा सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सुधिरजंग थापा, जीवन के.सी., दिपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, अशोककुमार लम्साल, अशोककुमार बम, दिपकराज बराल, रविनराज कर्णजित, अच्युतकुमार मजगैंया, तेजप्रसाद पोखरेल, लभकुमार सापकोटा र यादव विश्वकर्मा प्रशिक्षार्थीको रुपमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment